मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २० बिहीबार १८:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् सचिवालयलाई प्रचण्डको पत्र : ओलीका पत्र र कामकारबाही मान्य हुँदैनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २० बिहीबार १८:१५:००

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई पार्टीले कारबाही गरिरहेको बताउँदै ओलीका पत्र र कामकारबाही मान्य नहुने बताएका छन् । संसद् सचिवालयलाई बिहीबार पत्र लेख्दै प्रचण्डले ओली पार्टी सदस्य नै नरहेको भन्दै नेकपा र संसदीय दलको नाममा ओली वा अरू कसैले गरेका र गर्ने पत्राचार वा कुनै पनि कामकारबाही मान्य नहुने बताएका हुन् । 

सांसदहरू देव गुरुङ, दीनानाथ शर्मा, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठलगायत संसद् सचिवालयमा पुगेर पार्टीले ओलीलाई हटाएको जानकारी पत्र बुझाएका हुन् । 

पार्टीको  निर्णयसम्बन्धी पत्र दर्ता गराएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गुरुङले  संसदीय दलका नेताको सवाल भएकाले ओलीलाई साधारण सदस्य र अध्यक्षबाट हटाएकोबारे संसद् सचिवालयलाई लिखित जानकारी गराइएको बताए । उनले भने, ‘संसदीय दलका नेतासँगको कुरा भएकाले पार्टीको अध्यक्षबाट र साधारण सदस्यबाट पनि हटाइसकिएको अवस्था छ । मल्टिपार्टी डेमोक्रेसीमा पार्टीकै नीति–निर्देशनअनुसार संसदीय दल चल्ने खालको विधिविधान भएको हुनाले त्यहीअनुसार संसदीय दलमा पार्टीले गरेका निर्णयहरूको सम्बन्धमा ध्यानाकर्षण होस् भन्नका लागि पार्टीको तर्फबाट पत्र दर्ता गराइएको  अवस्था छ ।’