१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हेमन्त केसी जाजरकोट
२०७७ फाल्गुण २० बिहीबार ११:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

ओली समूहमा आबद्ध नभएको भन्दै तीन कर्मचारी बर्खास्त 

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २० बिहीबार ११:०३:००

केपी ओली समूहमा आबद्ध नभएको भन्दै भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीको ठाडो निर्देशनमा तीनजना कर्मचारीलाई बर्खास्त गरिएको छ । 

केपी ओली समूहका केन्द्रीय सदस्य रहेका मेयर घर्तीले नगरपालिकामा कार्यरत एमआइएस अपरेटर पवन शर्मा, सरोज वली र सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मालाई मंगलबार बर्खास्त गरेका हुन् । 

प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बुढाले उठाएको टिप्पणी  मेयर घर्तीले सदर गरेका छन् । कर्मचारी बर्खास्त गर्दा अधिकृतले सदर गर्नुपर्ने भए पनि मेयर आफैँले सदर गरेका छन् । तीनजना कर्मचारीलाई सोधिएको पत्रमा भनिएको छ, ‘तपाईंहरू प्रचण्ड र माधव समूहको प्रेस संगठन कर्णाली प्रदेश सदस्य रहेको कारण किन बखास्त नगर्ने ?’

तीनैजनाले आफूहरू कुनै पक्षमा नलागेको, तर विगतदेखि नै प्रेस संगठनमा रहेको जवाफ पठाएका थिए । आफूहरू प्रेस संगठनमा रहे पनि काममा बाधा  नपारेको पत्रमा उल्लेख गरेका छन् । 

पवन शर्मालाई केपी ओली गुटको जाजरकोटको संयोजक बनाएर बधाई दिएका मेयरले त्यसको एक हप्तापछि प्रचण्ड र माधव गुटनिकट पत्रकारको कर्णाली प्रदेश सदस्यमा तीनैजना कर्मचारीको नाम देखेपछि बर्खास्त गरेका हुन् । 


निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले बिहीबार एक विज्ञप्ति जारी गरी राजनीतिक आस्थाकै आधारमा कर्मचारी बर्खास्ती गर्नु राम्रो नभएको बताउँदै तुरुन्त यो कारबाही फिर्ता गर्न आग्रह गरिएको छ ।