१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २० बिहीबार ०७:०४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धितोपत्र कारोबारमा विद्युतीय भुक्तानी सीमा हट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २० बिहीबार ०७:०४:००

राष्ट्र बैंकले धितोपत्र किनबेचमा विद्युतीय माध्यमबाट गरिने भुक्तानीको सीमा हटाएको छ । यसअघि धितोपत्रको कारोबारमा मोबाइलबाट विद्युतीय भुक्तानी गर्दा प्रतिकारोबार प्रतिग्राहक एक लाख र इन्टरनेट बैंकिङबाट १० लाखसम्म गर्न सक्ने व्यवस्था थियो । बुधबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले यस्तो सीमा हटाएको हो । 

त्यस्तै, राष्ट्र बैंकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत हुने दैनिक भुक्तानी रकमको सीमासमेत वृद्धि गरेको छ । यसअघि मोबाइल बैंकिङबाट प्रतिदिन एक लाख रुपैयाँ र इन्टरनेट बैंकिङमार्फत १० लाख रुपैयाँसम्म भुक्तानी गर्न सक्ने व्यवस्था थियो । अब भने मोबाइल बैंकिङबाट प्रतिदिन २ लाख रुपैयाँ र इन्टरनेट बैंकिङबाट २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने भएको छ । 

सामान्य कारोबारको मासिक सीमा भने राष्ट्र बैंकले परिवर्तन गरेको छैन । मोबाइल बैंकिङमार्फत मासिक १० लाख, इन्टरनेट बैंकिङ (सेवा भुक्तानी÷मर्चेन्ट पेमेन्ट) ३० लाख र इन्टरनेट बैंकिङ (खातामा ट्रान्सफर) ५० लाखको सीमा कायम राखिएको छ ।

एउटै बैंकमा रहेको आफ्नो अलग–अलग खातामा रकम पठाउन, सरकारी कार्यालयमा गर्नुपर्ने कर, राजस्वलगायतको भुक्तानी, विद्युत्, दूरसञ्चार, खानेपानी, बिमा, सामाजिक सुरक्षा भत्तालगायतको भुक्तानीमा यस्तो सीमा लाग्दैन । त्यस्तै, शिक्षण संस्था, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा र होटेल तथा रेस्टुरेन्टमा रकम भुक्तानी गर्न पनि यस्तो सीमा नरहने व्यवस्था हुँदै आएको छ ।