१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ फाल्गुण २० बिहीबार ०७:४४:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

बिजनेस नपाउँदा सुदूरपश्चिम प्रदेश सभा प्रभावित

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २० बिहीबार ०७:४४:००

सदनमा छलफलका लागि बिजनेस नभएपछि सुदूरपश्चिम प्रदेश सभाका बैठक प्रभावित भएका छन् । प्रदेश सभाको बैठक लगातार दुई दिन सूचना टाँस गरेर स्थगित भएको छ । मंगलबार र बुधबार बोलाइएका बैठक चल्न सकेनन् ।

ढिलो गरी सुरु भएको हिउँदे अधिवेशनका लागि सरकारले आवश्यक बिजनेस दिन सकेको छैन । सरकारले दर्ता गरेको बिउबिजनसम्बन्धी, दुग्ध विकास बोर्ड गठनसम्बन्धी र प्रशिक्षण प्रतिष्ठान गठनसम्बन्धी विधेयक संसदीय समितिमा छलफलका क्रममा छन् । यसमध्ये प्रशिक्षण प्रतिष्ठानसम्बन्धी विधेयक गत अधिवेशनमै दर्ता भएको हो । दुग्ध विकास बोर्ड गठनसम्बन्धी विधेयक समितिले अन्तिम रूप दिएकाले अब बस्ने बैठकबाट पारित हुने बताइएको छ ।  

अन्य विधेयक दर्ता भएका छैनन् । थप विधेयक नआए प्रदेश सभाका बैठक प्रभावित हुन सक्ने संसद् सचिवालयका सचिव रामसिंह धामीले बताए । ‘यो अधिवेशनमा १०–१२ वटा विधेयक दर्ता हुनुपर्ने हो । नयाँ विधेयक नआए बैठक प्रभावित हुने देखिन्छ,’ धामीले भने । सुदूरपश्चिम प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक जारी अधिवेशनबाट पारित भएको छ ।