मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ फाल्गुण १९ बुधबार १५:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश सभा बैठक सूचना टाँसेर स्थगित, अर्को बैठक चैतमा

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ फाल्गुण १९ बुधबार १५:२०:००

प्रदेश १ को प्रदेश सभा बैठक २ चैतसम्मका लागि स्थगित भएको छ । गत ९ फागुनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस हुनासाथ २० फागुनसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको थियो । बैठक सुरु हुनुभन्दा एक दिनअघि सूचना टाँसेर २ चैतसम्मका लागि स्थगित भएको हो । 

प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना जारी गर्दै २० फागुनमा बोलाइएको बैठक विशेष कारणले स्थगित भएको जनाएका छन् । आगामी बैठकमा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।