१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ फाल्गुण १९ बुधबार १०:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीको मदाने संरक्षित वन क्षेत्रमा एक पुरुष मृत फेला 

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १९ बुधबार १०:२२:००

गुल्मीको मदाने संरक्षित वन क्षेत्रमा एक पुरुष मृत फेला परेका छन् । मालिका गाउँपालिका– ३ ह्वाङदीस्थित दमार्नेको ठूलो जंगल क्षेत्रमा शव भेटिएको वडाध्यक्ष राजकुमार विकले जानकारी दिए ।

शव अत्यन्तै सडेको अवस्थामा भएकाले पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  घटनास्थलबाट मुचुल्का उठाएर शव गुल्मी अस्पताल तम्घास ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए ।