१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १९ बुधबार १०:०६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बिबिए क्रिकेट बिहीबारबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १९ बुधबार १०:०६:००

टी–२० फर्म्याटमा हुने प्रतियोगितामा १७ वटा क्याम्पसले सहभागिता जनाउने चन्द ब्रदर्सका कार्यक्रम व्यवस्थापक रवीन्द्र चन्द ठकुरीले जानकारी दिए

त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको बिबिए कार्यक्रम पढाउने क्याम्पसहरूको संयुक्त पहलमा आयोजना हुँदै आइरहेको अन्तरकलेज बिबिए क्रिकेट प्रतियोगिता यही बिहीबारबाट सुरु हुने भएको छ । 

साविक विजेता पब्लिक युथ क्याम्पसले पूर्वविजेताको हैसियतले आयोजना गर्न लागेको प्रतियोगिताको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी चन्द ब्रदर्श प्राइभेट लिमिटेडले पाएको छ । चन्द ब्रदर्स फुटबल खेलाडी रोहित चन्द र उनका दाइ रवीन्द्र चन्दको स्वामित्वमा रहेको कम्पनी हो ।

मूलपानीस्थित क्रिकेट मैदानमा हुने प्रतियोगिता २० फागुनदेखि १ चैतसम्म चल्नेछ । टी–२० फर्म्याटमा हुने प्रतियोगितामा १७ वटा क्याम्पसहरूले सहभागिता जनाउने चन्द ब्रदर्सका कार्यक्रम व्यवस्थापक रवीन्द्र चन्द ठकुरीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको विजेता टोलीले ८५ हजार र दोस्रो हुने टोलीले ३५ हजार प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने एकजना सर्वाेत्कृष्ट खेलाडीसहित उत्कृष्ट बलर र ब्याट्सम्यानलाई नगदसहितले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।