मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ फाल्गुण १९ बुधबार ०७:३१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चितवनको प्रांगारिक उत्पादनमा आधिकारिक लोगो

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १९ बुधबार ०७:३१:००

प्रांगारिक उत्पादनलाई पहिचान दिन चितवनमा सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली (पिजिएस) लोगोसहित कृषि उत्पादनहरू बजारीकरण सुरु गरिएको छ । कृषि ज्ञानकेन्द्र चितवनले प्रवद्र्धन गरेको यस कार्यक्रमलाई वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ चितवनको सहकार्यमा जिल्ला प्रांगारिक संघ चितवनमार्फत मंगलबारदेखि बजारीकरणको कार्य सुरु गरिएको हो ।

प्रांगारिक संघ चितवनका अध्यक्ष चन्द्रप्रकाश अधिकारीका अनुसार खाद्यान्न र तरकारीजन्य कृषि उत्पादन गरेर ३० भन्दा बढी कृषि उत्पादनमा लोगो राखिएको हो । लोगोसहितको उत्पादन बिक्रीका लागि भरतपुरको डोको–नाम्लो किसान घर र शिखर खाद्य कुञ्ज भान्सा नै औषधालयलाई जिम्मा दिइएको छ ।  

हालसम्म ४० जना किसानले ५० बिघाभन्दा बढी जमिनमा प्रांगारिक खेती गर्दै आएको अधिकारीले बताए । प्रांगारिक खेतीको विकास, विस्तार र व्यवसायीकरणमा टेवा पुर्‍याउने उद्देश्यले अभियानको प्रवद्र्धन गरेको कृषि ज्ञानकेन्द्र चितवनका प्रमुख राजन ढकालले बताए ।

 चितवनको तरकारीमा अत्यधिक विषादी देखियो 
पछिल्ला दिनमा चितवनमा उत्पादित तरकारीमा अत्यधिक विषादी प्रयोग भएको पाइएको छ । चितवनको तरकारीमा बढी विषादी पाइएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडांैले पत्रसमेत पठाएको कृषि ज्ञानकेन्द्र चितवनका प्रमुख राजन ढकालले बताए ।

चितवनको भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा पनि विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला छ । जिल्लामा उत्पादन बढाउन र सूचीकृत नभएका बिउबाट उत्पादन बढाउन खोज्दा हानिकारक विषादीको प्रयोग हुने गरेको उनको भनाइ छ । 

कृषि ज्ञानकेन्द्र चितवनका अनुसार गोलभेँडा, भेडेखुर्सानी, ब्रोकाउलीमा विषादीको प्रयोग अत्यधिक भएको छ । केही दिनअघि भरतपुरको परीक्षणमा विषादीको मात्रा धेरै देखिएपछि विषादी देखिएको गोलभँेडा नष्टसमेत गरिएको थियो ।