Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १९ बुधबार ०८:२२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्र बैंकमा डेपुटी गभर्नर रिक्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १९ बुधबार ०८:२२:००

डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिव श्रेष्ठको मंगलबार औपचारिक बिदाइ गरिएसँगै नयाँ डेपुटीको नाममा विभिन्न कार्यकारी निर्देशकहरूको चर्चा सुरु भएको छ । एक महिनाअघि नै बिदामा बस्न सकिने व्यवस्था भए पनि बिहीबारबाट पदावधि सकिने सिवाकोटी र श्रेष्ठ अन्तिम दिनसम्म कार्यरत रहेका हुन् । 

सरकार नेतृत्व गरिरहेको नेकपामा देखिएको विवादका कारण समयमै डेपुटी गभर्नरको नियुक्ति हुन नसकेको हो । यद्यपि, सरकारले २३ फागुनमा संसद्को बैठक बोलाएकाले त्यसअघि नै डेपुटी गभर्नरहरूको नियुक्ति गर्ने तयारी भइरहेको बुझिएको छ ।

गभर्नर र डेपुटी गभर्नर पद राजनीतिक नियुक्ति हुने भएकाले हरेक वर्ष समयमै नियुक्ति नहुने परिपाटी मौलाएको छ । अघिल्लोपटकमा समेत दुई महिनाभन्दा केही ढिलो गरी डेपुटीहरूको नियुक्ति भएको थियो । अघिल्लोपटक मिलिजुली सरकार हुने गरेका कारण नियुक्तिमा ढिलाइ हुने गरेको भए पनि यसपटक एउटै दल सरकारमा छ ।  

गभर्नरले डेपुटी गभर्नरको रिक्त पदका लागि दोब्बर संख्यामा नामावली सिफारिस गर्नुपर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ । डेपुटी गभर्नर पदमा नियुिक्तका लागि सिफारिस गर्दा बैंकका विशिष्ट श्रेणीका अधिकृत (कार्यकारी निर्देशक) हरूमध्येबाट कार्यक्षमताका आधारमा मन्त्रिपरिषद्मा नाम सिफारिस गर्नुपर्ने व्यवस्था ऐनमा छ ।

पाँच वर्ष कार्यकाल रहने डेपुटी गभर्नरहरूको गभर्नरसहित राष्ट्र बैंकको सञ्चालक समितिमा समेत प्रतिनिधित्व हुन्छ । त्यसैले यी पद लामो समय रिक्त रहँदा राष्ट्र बैंकका दैनिक कामकारबाही मात्र नभएर सञ्चालक समितिको बैठकसमेत प्रभावित हुन्छ । पाँच सदस्य रहने सञ्चालक समितिको बैठकमा कम्तीमा अध्यक्ष (गभर्नर)सहित चारजना हुनैपर्छ । 

यस आधारमा राष्ट्र बैंकमा कार्यरत सबै १७ जना कार्यकारी निर्देशक डेपुटी गभर्नरका लागि योग्य उम्मेदवार हुन् । बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ डेपुटीका लागि सुनिश्चितजस्तै मानिएका छन् । अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनी अहिले अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकारका रूपमा काजमा कार्यरत छन् । अर्थमन्त्री पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको समर्थन रहेका श्रेष्ठ राष्ट्र बैंकका क्याडरहरूमा सुपठित उम्मेदवारकै रूपमा पनि दरिएका छन् ।