मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ फाल्गुण १८ मंगलबार ०९:१३:००
Read Time : < 1 मिनेट
समाचार

पाँच जिल्ला अस्पताललाई एम्बुलेन्स सहयोग

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १८ मंगलबार ०९:१३:००

बागमती प्रदेश सरकारले एक करोड ४६ लाख खर्चिएर पाँच जिल्ला अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट पाँच जिल्ला अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरिएको हो । 

हेटौँडा, धादिङ, त्रिशूली, चौतारा र सिन्धुली अस्पताललाई एम्बुलेन्स उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । बागमतीका १३ मध्ये हालसम्म आठवटा जिल्ला अस्पताल मात्र प्रदेशमातहत आएका छन् ।

बाँकी पाँचवटा अस्पताल संघीय सरकारमातहत रहेको छ । आठमध्ये पाँच जिल्ला अस्पतालमा एम्बुलेन्स नभएका कारण स्वास्थ्य सुधार र अस्पतालको विकासमा टेवा पुर्‍याउने उद्देश्यले उपलब्ध गराइएको मन्त्रालयका सचिव दीपक काफ्लेले बताए । २९ लाख २० हजारका दरले बागमतीले १ करोड ४६ लाख खर्चिएर एम्बुलेन्स खरिद गरिएको काफ्लेले जानकारी दिए । 

एम्बुलेन्समा एसी, इसिजी मोनिटर, बिपी सेट, नेबुलाइजर सेट, एम्बु ब्याग, सेक्सन मेसिन, अक्सिजन, ह्विल चेयर र ट्रलीको सुविधा रहेको छ । विशेषगरी सडक दुर्घटनाका गम्भीर घाइते र जटिल बिरामीको जीवन बचाउने सामान्य उपचारसहित अस्पताल पुर्‍याउन सकिने हुनाले आवश्यक जिल्लाका लागि एम्बुलेन्स उपलब्ध गराइएको मन्त्रालयको दाबी छ ।