Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १७ सोमबार १०:३९:००
गायक तथा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पृथ्वी खनालले गीति भिडियो ‘शिव ताण्डव’ बजारमा ल्याएका छन् । द भोइस अफ नेपाल सिजन २ बाट नेपाली सांगीतिक आकाशमा उदाएका गायक पृथ्वी खनालको स्वरमा रहेको उक्त गीतलाई देवेश राईले संगीत दिएका छन् ।
भिडियोमा पृथ्वी र स्वजन रघुवंशीलाई मुख्य भूमिकामा देख्न सकिन्छ । ज्योति प्रोडक्सनले उत्पादन गरेको उक्त भिडियो गृष्मा भट्टको निर्माण, पिटर गुरुङको छायांकन, विष्णुहरि तिमल्सिनाको सम्पादन र आरसी रिमालको सहायक निर्देशनमा तयार भएको हो ।