मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १६ आइतबार १३:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समाजवादी क्रान्तिले दलितलाई शिक्षा र रोजगारीको ग्यारेन्टी गर्छ : उपेन्द्र यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १६ आइतबार १३:४९:००

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालका दलित समुदायलाई शिक्षा र रोजगारीको ग्यारेन्टी गर्ने गरी समाजवादी क्रान्ति अघि बढेको बताएका छन् । ‘मान्छेको कुनै जात हुँदैन । तर, मनुस्मृतिमा आधारित भएर भारतखण्डमा खडा गरिएको जाति प्रथा यहाँ भित्र्याएर शोषण गर्ने षड्यन्त्र भयो,’ उनले भने, ‘यसको अन्त्यका लागि दलित समुदायले हरेक आन्दोलन र परिवर्तनका लागि योगदान पु¥याएको छ, तर समस्या अझै उस्तै छ । यसको निराकरण समाजवादी क्रान्तिबाट मात्रै सम्भव छ ।’

काठमाडौंमा समाजवादी दलित मुक्ति महासंघले गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा यादवले संविधानले दलितका केही अधिकारहरू सुनिश्चित गरे पनि कार्यान्वयन गर्ने शासकको सोचका कारण दलित मुक्ति हुन नसकेको बताए । उनले नेपाली दलित समुदायको सशक्तीकरणका लागि समाजवादी क्रान्ति अघि बढिसकेको बताए । 

‘यो समुदायले इतिहासमा धेरै पटक बलिदानी ग¥यो, तर दलितले मुक्ति पाउन सकेनन्, अब हुने समाजवादी क्रान्तिमा भएको योगदानलाई हामी खेर जान दिदैनौँ,’ यादवले भने ।

कार्यक्रममा काठमाडौं उपत्यकाका करिब ६ सयजना विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् । अध्यक्ष यादवले सबैलाई खादा ओढाएर स्वागत गरेका थिए । 

कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य गंगानारायण श्रेष्ठ र समाजवादी दलित मुक्ति महासंघका इन्चार्ज तथा केन्द्रीय सदस्य डिबी नेपालीलगायतका नेताहरूले सम्बोधन गरेका थिए ।