मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सञ्जोग लाफा मगर काठमाडौं
२०७७ फाल्गुण १५ शनिबार १६:११:००
Read Time : > 7 मिनेट
ब्लग डिजिटल संस्करण

उपलब्धि धराशायी नहोस्

Read Time : > 7 मिनेट
सञ्जोग लाफा मगर काठमाडौं
२०७७ फाल्गुण १५ शनिबार १६:११:००

कवि सिञ्जाली मगर गाउँबस्तीहरूमा पुगेर आफ्ना कविता वाचन गरी हिँड्थे । खस्यौली (हाल, बुटवल) बजारमा कविता वाचनसँगै पुस्तक बिक्रीको आरोपमा पुलिसले समातेर लगेको थियो 
000

नेपाल मगर संघको नामाकरण हुनुभन्दा पहिले लाङ्घाली (गाउँले) संस्थाले बढी चिनिन्थ्यो । ००७ को क्रान्तिपछि मगर युवाहरूमा सामूहिक जातीय एकता चेतनाको बिजारोपणले ०१२ सालमा काठमाडौंमा भीमप्रसाद बुढाथोकी मगरको अध्यक्षतामा मगर समाज सुधार संघ गठन भयो । ०१४ सालमा स्व. एकदेव आलेमगरको नेतृत्वमा कुलुङ, तनहुँ क्षेत्रको मगरहरूको सम्मेलन भएको थियो । त्यही वर्ष गुल्मी भार्सेमा पनि बृहत् मगर सम्मेलन भयो । 

२०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि संस्था खोल्न प्रतिबन्ध लगाएको ६ वर्षसम्म मगर संस्थाको गतिविधि शून्य भयो । २०२२ सालमा काठमाडौंमा अध्ययनरत उत्साही मगर युवाहरू सक्रिय हुन थालेको ६ वर्षपछि पूर्वराजदूत हर्कबहादुर थापामगरको अगुवाइले २०२८ सालमा लाङ्घाली परिवार स्थापना भयो । २०३२ सालमा रुपन्देहीमा कानुङ लाङ्घाली परिवार, म्याग्दीमा मगर समाज कल्याण समिति, २०३५ सालमा बाग्लुङमा पनि संस्था स्थापना भयो । २०३५ सालमा बाँके, दैलेख र सुर्खेतमा मगर समाज सुधार समिति, २०३६ सालमा तनहुँमा लाङ्घाली परिवार, पाल्पामा मगर समाज सुधार समिति गठन भयो । नेपालभन्दा पहिला नै भारतको दार्जिलिङमा १९८८ सालमा मगर सेवा समाज गठन गरेको थियो । मगर एकता र हितको लागि विभिन्न नामले संस्था खोले पनि एउटै संस्थामा गोलबद्ध गर्न २०३६ सालमा हर्षबहादुर बुढामगरको अध्यक्षतामा लाङ्घाली परिवार, केन्द्रीय तदर्थ समिति काठमाडौंमा गठन भयो । विडम्बना दुई वर्षपछि २०३८ माघ २८ र २९ गते कानुङ लाङ्घाली परिवार, रुपन्देहीको आयोजनामा बुटवलमा भएको प्रथम ऐतिहासिक सम्मेलनले लाङ्घाली परिवार, केन्द्रीय तदर्थ समिति विघटन गरी हेमबहादुर पुन मगरको अध्यक्षतामा लाङ्घाली परिवार संघ, केन्द्रीय तदर्थ समिति गठन भयो । त्यही तदर्थ समितिले २०३९ फागुन १५ र १६ गते दमौली, तनहुँमा प्रथम ऐतिहासिक राष्ट्रि«य महाधिवेशन सम्पन्न गर्नुका साथै मगरको सर्वाङ्गीण विकास गर्ने उद्देश्यलाई मूर्तरूप दिन सफल भयो र हेमबहादुर पुनमगरको नेतृत्वमा नै समिति गठन गरियो । 

यतिवेला ३९औँ राष्ट्रिय सम्मेलन सम्पन्न गरिसकेको मगर संघ बाह्रौँ राष्ट्रि«य महाधिवेशनको संघारमा छ । मगर संघ स्थापनादेखि अहिलेसम्म हजारौँ निर्णय गरेका छन् । तीमध्ये केही निर्णयहरूले मगरको चेतना विकास गर्न सामूहिक एकता र मगर मुक्तिको लागि महत्वपूर्ण छन् ।

०००

मगरहरूको थर उपथर बाहुन क्षेत्रीसँग मात्रै नभएर अन्य जातसँग मिल्ने भएकाले थरपछि अनिवार्य मगर जाति लेख्न दोस्रो राष्ट्रि«य महाधिवेशनबाट प्रस्ताव पारित गरिएको थियो । प्रस्तावका बुँदामा लेखिएको थियो–मगर जातिका कैयन थर–उपथर अन्य जातिका थर–उपथरहरूसँग मिल्ने भई भ्रम उत्पन्न हुने भएकाले तथा मगर जातिका थर–उपथरहरू पनि थुप्रै हुने हुनाले को मगर ? को अमगर भन्ने स्पष्ट नहुने भएको हुँदा अब उप्रान्त आफ्नो नाम तथा थर–उपथरपछि मगर शब्द अनिवार्य थप्न सम्पूर्ण मगरहरूलाई यो दोस्रो राष्ट्रि«य महाधिवेशन जोडदार आह्वान गर्दछ । (लाङ्घाली (मुखपत्र वर्ष ५ पूर्णांक २, २०४४ कार्तिक) मगरको कोखबाट जन्मिनु अभिशाप जस्तै ठान्ने मनोवृत्तिका मगरले प्रत्यक्ष मगर भन्न ठूलो हिम्मत गर्नुपर्दथ्यो । अधिकांश मगरले थर–उपथर मात्र लेख्थे जाति लेख्न सक्दैन थिए । यसको पछाडि नेपाली समाजको विभेदपूर्ण जातव्यवस्था प्रमुख कारक थियो भने अर्को मगरको पराजित मानसिकता थियो । दश वर्षमा हुने राष्ट्रि«य जनगणनामा मगरको जनसंख्या लाखौँ संख्यामा थपघट भइरहन्थ्यो । मगर संघले थरको पछाडि अनिवार्य मगर लेख्न प्रोत्साहन र चेतना अभिवृद्धि गर्न थालेपछि २०६८ सालको जनगणनामा मगरको जनसंख्या १८,८७,७३३ सरकारी तथ्यांकमा आधिकारिक देखिएको छ । तर, नेपाल मगर संघले सरकारी तथ्यांक मिथ्यांक भन्दै २५ देखि ३० लाखसम्म मगरको जनसंख्या दाबी गरेको छ ।

०००

मगर जातिको मौलिक संस्कृति, संस्कार र परम्परामा विविधता छन् । डोल्पाको तराली मगर, मगर खाम रुकुम पूर्व, रोल्पा, बाग्लुङ पश्चिम अर्थात् राप्ती र धौलागिरि बसोवास गर्ने मगरमा हिन्दू संस्कारको कुनै प्रभाव छैन । त्यसबाहेकका जिल्लामा बसोवास गर्ने मगरहरूमा हिन्दू संस्कारको चरम प्रभाव छ । त्यसको पुष्टि अधिकांश मगरको हिन्दू देवीदेवताको नामवाट रहेको छ । हिन्दू संस्कारको दलदलमा फसेका मगर मुक्तिका लागि जन्मदेखि मृत्युसम्म कर्मकाण्ड आप्mनै मगर कुटुम्बबाट गर्न मगर संघले निर्णय ग¥यो  । कर्मकाण्ड लेख्न तत्कालीन कोषाध्यक्ष मनवीर गर्बुजा मगरलाई जिम्मा दिइयो । हिन्दू कर्मकाण्ड नै मगर भाषामा अनुवाद गरी ‘मगरकूङ कर्मकान्डौ पोस्टक’  (मगरहरूको कर्मकाण्डको किताब, २०४७, २०५०) पुस्तक प्रकाशन गरे । भाषा मगर र पुरेतको सट्टामा मगर कुटुम्ब परिवर्तन गरिएकाले समाजमा प्रभाव पार्न सकेन । मगर समाजमा प्रचलनमा रहेको कर्मकाण्डहरू अध्ययन, अनुसन्धान गरी धनकुटाका सोम रानामगरले ‘मगर रीही छ्योट’ (मगर कर्मकाण्ड, २०५०, २०५४) समाजमा ल्याएपछि मगरहरूमा ठूलै तरंग उत्पन्न गरायो । कुटुम्बलाई कर्मकाण्ड गर्न सिकाउन वापा, वामा (गुरु) बनेपछि धनकुटा, रामेछापमा कर्मकाण्ड गरेर जीविकोपार्जन गर्ने पुरेतहरूले गाउँ नै छाडेको ‘कान्तिपुर’ले महत्व दिएर समाचार प्रकाशन गरेको थियो । बौद्ध परम्पराबाट कर्मकाण्ड गर्न मगर बौद्ध संस्कार पद्धति पुस्तक पनि प्रकाशित छन् । मगर कुटुम्बबाट कर्मकाण्ड गर्न थालेपछि मगरको मौलिक परम्परा, संस्कृति पुनर्योजनसँगै बच्चाहरूको नाम मगर भाषामा नै राख्ने क्रम तीव्र बढेको छ । 

०००

मगर जाति हिन्दू वर्णाश्रमभित्र नपर्ने भएकाले हिन्दू संस्कृति, परम्परा चाडपर्व परित्याग गर्न २०४८ सालको चौथो राष्ट्रि«य महाधिवेशनले दसैँ परित्याग गर्ने निर्णय गरेपछि मगर संघले दसैँ परित्यागको आह्वान ग¥यो । मगर संघमा आबद्ध धेरै मगरहरूले दसैँ मान्न छाडे भने हिन्दू संस्कार मानिरहेका मगरले दसैँ मान्न छाडेन । अध्यक्ष, पूर्वमन्त्री गोरेबहादुर खपाङ्गी मगरले राजाको हातबाट टीका लाएपछि राष्ट्र«घाती काम गरेजस्तै केही मगरहरूले पुनः दसैँमा टीका लाउन सुरु गरे । दसैँमा उनले लगाएको टीका राजनीतिक हो कि सांस्कृतिक ? यसबारेमा कसैले बोलेका छैनन् । हाम्रो अवचेतन अहिले पनि भुरा र चेपागाँडा एउटै देख्ने मानसिकता बोकेर बाँचेका छौँ । दसैँ परित्यागको निर्णयले राष्ट्रि«य पर्व माघे संक्रान्ति स्थापना भएको छ ।

प्रथम सहिद घोषणा
वि.सं. १९१० मा विजयराज पाण्डेलाई लेखाएको मुलुकी ऐन जारी गरेर जातिपाति विभाजन र छुवाछुत प्रथालाई प्रश्रय दिइएको थियो । मनुस्मृतिलाई संविधान मानेर एक जातीय वर्गको हितले असन्तुष्ट बाहुन–पुरोहितलाई माथिल्लो स्थान र मृत्युदण्डबाट वञ्चित गरिएको थियो ।

प्रजातान्त्रिक आन्दोलन, बेलायतको जस्तो संसदीय प्रणाली लागू गर्न उत्प्रेरित अंग्रेजको साम्राज्यवादी नीतिका कट्टरविरोधी लखन थापामगरको नेतृत्वमा पहिलोचोटि तानाशाही एकतन्त्रीय जहाँनियाँ राणाशासकका प्रवर्तक जंगबहादुर राणाविरुद्ध सशस्त्र क्रान्ति गरेर अमर भएका लखन थापामगरलाई नेपाल मगर संघले पञ्चायत व्यवस्था अघि अप्रत्यक्ष रूपले र बहुदलीय व्यवस्थापछि सशक्त रूपमा सभा, सम्मेलन, अन्तत्र्रिmया, गोष्ठी, छलफल गरेर पटकपटक सरकारलाई ज्ञापनपत्र बुझाएर, प्रतिनिधिमण्डल गएर प्रथम सहिद घोषणा गर्न दबाब दियो । २०५६ फागुन ११ गते कृष्णप्रसाद भट्टराईको सरकारले १२५ वर्षपछि सहिद घोषणा ग¥यो । संघले २०६२ माघ १० गते प्रथम सहिद घोषणा गर्न पुनः ज्ञापनपत्र संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालयमा बुझायो । सरकारबाट पहिल्यै सहिद घोषणा गरिसकिएको लखन थापालाई प्रथम सहिद घोषणा गर्ने तथ्यगत एवं व्यावहारिक हिसाबले पनि कठिनाइ पर्ने’ प्रत्युत्तर राज्यले संघलाई थमाए पनि निरन्तर दबाब दियो । 

प्रथम सहिद लखन थापामगर स्मृति प्रतिष्ठानले इतिहासकार, रेग्मी रिसर्च सेन्टरको दस्ताबेज, प्रतिवेदन प्रमाणस्वरूप पेस गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझायो ।  मगर सभासद् समूह र समर्थक सभासद्को हस्ताक्षर बुझाउँदै तत्कालीन सभासद् शिवलाल थापामगरले संविधानसभा व्यवस्थापिका संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव र व्यवस्थापिका संसद्मा पनि सोही प्रस्तावलाई जोड दिँदै ‘प्रथम सहिद घोषणा गर्ने आधार र अकाट्य प्रमाणहरू हुँदा पनि अझसम्म घोषणा नगरिएकाले प्रथम सहिदप्रति अपमान भएको ध्यानाकर्षण गराएपछि बाध्य भएर २०७२ असोज ३ गतेको प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रिपरिषद् निर्णयले संविधान जारी गरिएको दिन फितलो पारामा १३९ वर्षपछि नेपाल सरकारले प्रथम सहिद घोषणा ग¥यो । सञ्चारमन्त्री राम कार्कीले प्रथम सहिदको हुलाक टिकटमा टाँचा मारेको छ । 

मगर संघको निरन्तर माग र दबाबका कारण लखन थापामगरलाई प्रथम सहिद घोषणा संघको ठूलो उपलब्धि हो । मगरको गौरवता बढेको छ । प्रथम सहिदको सम्मान पनि भएको छ । 

०००

मगर भाषालाई विश्वविद्यालय तथा विद्यालयहरूमा पठनपाठन गराउन पहल गर्ने उद्देश्यले स्थापित नेपाल मगर संघ मातृभाषा शिक्षाको पक्षमा स्थापितकालदेखि नै निर्णय गरेर सरकारसँग माग गरेको थियो । बहुदलीय व्यवस्था पुनस्र्थापित भएपछि २०४७ सालको संविधान मस्यौदा समितिलाई मातृभाषा शिक्षाको माग राखी ज्ञापनपत्रसहित सुझाब पेस गरेको थियो । अपूरो भए पनि कक्षा ५ सम्म मातृभाषामा पठनपाठनको व्यवस्था गरेकाले उप–प्राध्यापक मनबहादुर थापामगरको संयोजकत्वमा पाठ्यक्रम निर्माणसहित प्रकाशन गरेको छ । मगर खाम भाषामा पनि पाठ्यक्रम निर्माण गरिएको छ । आर्केकोट स्याङ्जामा मगरको पहिलो विद्यालय लोकबहादुर थापामगरको पहलमा २०४८ सालमा मगर आदिकवि जित प्राथमिक विद्यालय स्थापना गरी मगर भाषामा पठनपाठन सुचारु गरियो । बहुभाषा शिक्षा योजनाअन्तर्गत माथागढी गाउँपालिका धैरेनी, चिंदीपानी पाल्पास्थित श्री नवजागृत प्राथमिक विद्यालयमा मगर भाषा पठनपाठन भइरहेको छ । स्थानीय सरकारलाई कक्षा १० सम्म स्थानीय भाषामा पठनपाठन गराउन सक्ने अधिकार दिएपछि मगर बहुल क्षेत्रमा मगर भाषा पढाउन सुरु गरिएको छ । संसद्बाट पारित परिमार्जित शिक्षा ऐनले मातृभाषा शिक्षाको व्यवस्था गरेको छ । भारतको सिक्किम राज्यमा ८ कक्षासम्म मगर भाषा र अक्खा लिपिमा पढाइ भइरहेको छ भने १२ कक्षासम्म पढाउन पाठ्यक्रम तयारी गरिरहेको छ ।

०००

मगर साहित्यको पहिलो कृति ‘मगर भाषाङ ल्हीङ ड टुक्कावौ’ किताब जितबहादुर सिञ्जालीमगर र रेखबहादुर थापामगरले संयुक्त लेखेका थिए । कवि सिञ्जालीमगर गाउँबस्तीहरूमा पुगेर आफ्ना कविता वाचन गरी हिँड्थे । खस्यौली (हाल, बुटवल) बजारमा कविता वाचनसँगै पुस्तक बिक्रीको आरोपमा पुलिसले समातेर लगेको, पाल्पाको सत्यवती, गोठादीमा मगर कविता वाचन गरिहिँड्दा अत्यन्त दयनीय अवस्था देखेर गाउँलेहरूले चोरको आरोपमा पक्राउ गरी प्रहरी चौकीमा बुझाएको र अर्घाखाँची असुरकोट, खिलजी स्कुलमा मगरभाषाको गीत हार्मोनियम बजाएर गाउँदा पुलिसलाई पोल लगाई पक्राउ गरिएको घटनाहरूले २०२४ सालदेखि सिञ्जाली बेपत्ता बने । दुई वर्ष पहिलेदेखि नै थापामगर पनि सम्पर्कविहीन बनेका थिए । 

लामो समयसम्म सम्पर्कविहीन अवस्थामा लोकबहादुर थापामगरले २०४७ सालमा ‘मगराँती साहित्यका आदिकवि जितबहादुर सिंजाली र रेखबहादुर थापा’ पुस्तक लेखे । उनैले २०५१ सालको घोराही दाङमा सम्पन्न नेपाल मगर संघको पाँचौँ राष्ट्रि«य महाधिवेशन बन्दसत्रमा ‘मगर भाषालाई मगराँती साहित्यका रूपमा परिचित गराउने श्रेय मगराँती भाषामा गीत तथा टुक्का लेखेर ठूलो योगदान गर्नुभएकोले लेखकद्वयलाई मगराँती साहित्यको प्रथम तथा प्रसिद्ध कविको उपाधिद्वारा विभूषित गर्नु उपयुक्त हुने’ प्रस्तावलाई गहन छलफलपछि सर्वसम्मतले पारित गरी कविद्वयलाई मगर भाषा आदिकवि घोषणा गरियो । मगर संघले भानुभक्त आचार्य मगरको आदिकवि होइन उनले मगर भाषामा एक शब्द साहित्य लेखेका छैनन् । मगर भाषामा पहिलो कवितासंग्रह लेख्ने जितबहादुर सिंजालीमगर र रेखबहादुर थापामगर मगरको आदिकवि हुन् ।

राष्ट्रले हिजो एकल आदिकवि स्थापित गर्नुको स्वार्थबारे प्रत्यूष वन्तको लेखप्रति सहमत भई  सञ्जीव उप्रेती लेख्छन्, ‘भानुभक्तलाई नेपाली भाषाका आदिकविका रूपमा सम्झनु राष्ट्रि«य काल्पनिकीको भाग थियो । एउटा यस्तो कल्पना जसले राष्ट्र«का नायक, सहिद, बिम्ब र वीर इतिहासहरूको कल्पना गर्दै राष्ट्र«को सांस्कृतिक स्पेसको सिर्जना गर्छ ।’ एकल आदिकवि स्थापितले राष्ट्रलाई कमजोर र बहुल आदिकविहरू माथि अपमान गर्ने काम ग¥यो । प्रतिफलमा साहित्यकारको सालिक फुटेका थिए ।

धर्म 
मगर विविधता भएको जाति हो । मगरको संस्कृति, संस्कार र परम्परा हिन्दू धर्मसँग कुनै मेल छैन । तर, केही भेगका मगरबाहेक अन्यले संस्कृति, संस्कार र परम्परा हिन्दू विधिअनुसार मान्दै आइरहेको छ  । हिन्दू धर्मको चंगुलबाट मुक्त गर्न नेपाल मगर संघले २०५५ असोज १, २ र ३ गते बिर्तामोड झापामा मगर संस्कार र धर्मसम्बन्धी अन्तर्राष्ट्रि«य गोष्ठी ग¥यो । गोष्ठीमा प्रस्तुत कार्यपत्रमध्ये एमएस थापा मगरले प्रस्तुत गरेको कार्यपत्रमा लामो छलफल भयो । निचोडमा मगर जाति अरू धर्मभन्दा संस्कृति र भाषाको कारण बुद्ध धर्मसँग बढी नजिक देखिएकाले बौद्ध धर्म मान्नु उपयुक्त देखिन्छ भन्ने तर्कलाई सर्वसम्मतले पारित गरेको थियो । केन्द्रीय समितिले अनुमोदन गरी धरानमा भएको सातौँ राष्ट्रिय महाधिवेशनले पारित गरेर मगर जातिको बौद्ध धर्म आधिकारिक बन्न पुग्यो । धर्मसम्बन्धीको अन्योलतालाई अन्त्य ग¥यो भने व्यक्ति मगरलाई धर्म मान्न स्वतन्त्रता दियो । २०५८ सालको जनगणनामा गोरेबहादुर खपांगीमगरको नेतृत्वमा देशव्यापी अभियान चलाएको हुँदा २४ प्रतिशत मगरले बौद्ध धर्म लेखाएको थियो । वर्तमान केन्द्रीय समितिको केही पदाधिकारीको बच्कना निर्णयले २०६८ को जनगणनामा धर्मको महलमा बौद्ध र प्रकृति लेख्न नमुना ढाँचा सर्कुलर जारी गर्नुले नेतृत्वको अक्षमता देखिन्छ । 

मगर संघले मगर मुक्तिका लागि हिन्दू धर्मको चंगुलबाट फुत्काउन माथिको विषयमा गरेको निर्णयहरू महत्वपूर्ण छन् । यी निर्णयहरूले मगरको जनचेतना पैरवी गर्न जातिप्रतिको गौरवता महसुस गर्न, जातीय अधिकारतर्फ उन्मुख हुन पहिचान बोक्न भरमग्दुर प्रयास गर्नु शिक्षालाई महत्व दिनु सांस्कृतिक पुनर्योजन गर्नु, भाषा बोल्न प्रयत्न गर्नु राजनीतिमा निर्णायक शक्तिको पहुँच बनाउने ज्ञानको विकास गर्नु र आर्थिक क्रान्तिका लागि कम्पनी खोलेर उद्योगी बन्न अभिप्रेरित गरेका छन् । मगरलाई राजनीतितर्फ अग्रसर गरेको परिणामले राष्ट्र«को दोस्रो निकाय र संसद्को पहिलो महिला प्रमुखमा ऐतिहासिकता कायम गरेका छन् । प्रहरी सेवामा प्रमुख निजामती सेवामा कर्मचारी वृद्धि भइरहेको छ । मगरको कमजोरी, पहिचानसँगै एकता नै शक्ति हो भन्ने ज्ञान दिएका छन् भने नवौँ राष्ट्रि«य महाधिवेशनदेखि मगरभन्दा पनि पार्टीको मगर भएर प्रतिनिधि छनोट गर्नुले मगर संघले गरेका उपलब्धिहरू धरासयी बन्न थालेको छ । अग्रजहरूको दूरदर्शितालाई दिगो राख्नभन्दा पनि व्यक्तिगत फाइदाका लागि दौडिने नेतृत्वको प्रवृत्तिले जरो गडेको छ । संघको पदमा बसेर राजनीतिक पार्टीसँग सौदाबाजी गर्ने संघ प्रमाणपत्र बनेको छ । पार्टीसँग सम्झौता गरेर मगरात तुहाएको गम्भीर आरोप लाउँदै सामाजिक सञ्जाल र सांगठनिक रूपमा संघको केही नेतृत्वहरूको भण्डाफोर गरिरहेको छ । राष्ट्रि«य अन्तर्राष्ट्रि«य मगर संघका पदाधिकारीले बडो आश्चर्यकासाथ मलाई सोधिरहन्छन्– कोरोनाले केही असर गर्दैन । तयारी तीव्र गतिका साथ चलिरहेको छ । नवौँ राष्ट्रि«य महाधिवेशन रोल्पामा फागुन १५ गते नै हुन्छ भन्थ्यो । तर, अनिश्चितकालका लागि स्थगित ग¥यो । कम्युनिस्ट पार्टी विभाजन हुँदैमा महाधिवेशन स्थगित गर्नुपर्ने कारण के हो ? म नाजवाफ छु ।  

[email protected]