मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १४ शुक्रबार २०:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ईश्वर पोखरेलको चुनौती– ओलीले राजीनामा दिँदैनन्, हिम्मत भए अविश्वासको प्रस्ताव ल्याऊ (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १४ शुक्रबार २०:०२:००

उपप्रधानमन्त्री तथा नेकपा केपी ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् । शुक्रबार नेकपा ओलीपक्षीय अनेरास्ववियुले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका हुन् । 

ओली नेतृत्वको सरकारले लोकतान्त्रिक विधिबाट आउने अविश्वासको प्रस्तावको डटेर सामना गर्ने उनले बताए । अविश्वासको प्रस्तावको सामना गर्दा आउने परिणामलाई स्वीकार गर्ने पनि उनले बताए । उनले भने, ‘केपी ओली संसद्को सर्वोच्चतालाई मान्छन् । केपी ओली संसद्को सर्वोच्चतालाई मानेर त्यहाँ सामना गर्छन् । तिम्रो हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याऊ, त्यो अविश्वासको प्रस्तावको सामना गर्छन् केपी ओलीले । केपी ओलीको नेतृत्वमा रहेको नेकपाले ती सबै लोकतान्त्रिक विधिबाट आउने कुराहरूको सामना गर्छन्, तिमी सबैले बुझ । म यहाँहरूलाई के भन्न चाहन्छु भने हामी त्यो कार्यान्वयन गर्छौ भनेको अर्थ के हो भने संसद बोलाउने कुराको हामी प्रक्रियामा अगाडि बढ्छौँ, संसद्को सामना गर्छौँ । कसको हिम्मत छ ? अविश्वासको प्रस्ताव ल्याऊ, त्यसको डटेर हामी सामना गर्छौँ । त्यो अविश्वासको प्रस्तावको सामना गर्दा जे परिणाम हुन्छ, त्यसलाई स्वीकार गर्छौँ । यो सबैले बुझे हुन्छ ।’

उपप्रधानमन्त्री पोखरेलले केपी ओलीले पदबाट राजीनामा नदिने पनि स्पष्ट पारे । संसदमा अविश्वासको प्रस्तावको सामना गरेर लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई ओलीले पुनः एकपटक प्रमाणित गर्ने उनको दाबी छ । 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आफ्नो पार्टी निर्वाचन अथवा सदनमा भिड्न तयार रहेको बताए ।  रायमाझीले पुनः मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको पनि बताए ।