Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १३ बिहीबार १५:२६:००
डोल्पामा रूखमा च्यापेर जगदुल्ला गाउँपालिका– ३ थापागाउँ बस्ने ३९ वर्षीया बुद्धिरूपा विकको मृत्यु भएको छ । जगदुल्ला– ३ की दलित महिला सदस्यसमेत रहेकी विक जंगलमा भेडा चराउन गएको वेला रूख ढलेर गम्भीर घाइते भएकी थिइन् ।
उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । उनी स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्र्रबाट निर्वाचित भएकी थिइन् ।