मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १३ बिहीबार १४:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १३ बिहीबार १४:२४:००

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई बदर गरेपछि राजनीतिक घटनामाथि पार्टीको धारणा बनाउन कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि आफ्नै निवासमा बैठक बोलाएका हुन् । 

बैठकमा प्रतिनिधिसभाको पुनर्स्थापना, नेकपाका दुवै समूहले संसदभित्र सत्तासमीकरणमा सहकार्यका लागि गरेका प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।