मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण १२ बुधबार १५:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवाको आशय बुझेर फर्किए दाहाल–नेपाल, देउवाले भने, ‘सल्लाह गरेर खबर गर्छु’

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १२ बुधबार १५:११:००

नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव दोहो¥याएका छन् । तर, बुधबार पनि देउवाले निर्णय दिएका छैनन् ।  यसअघि प्रतिनिधिसभा विघटनको विरोधका क्रममा पनि प्रचण्ड–नेपालले देउवालाई भेटेर संयुक्त आन्दोलनदेखि प्रधानमन्त्रीसम्मको अफर गरेका थिए । 

नेकपा विभाजनका कारण अब संघीय संसद् र प्रदेश सभाहरूमा समेत नयाँ समीकरणका लागि कांग्रेस निर्णायक भूमिकामा रहेको छ । प्राचण्ड–नेपाल र देउवाबीच करिब आधा घन्टासम्म छलफल भएको थियो । देउवाले प्रचण्ड र नेपालका कुरा सुनेपछि भनेका थिए, ‘म हाम्रो पार्टीभित्र छलफल गर्छु । पछि फेरि कुरा गरौँला ।’

भेटमा पछिल्ला राजनीतिक घटनाक्रमबारे कुराकानीपछि प्रचण्डले देउवालाई संसद्को पुनस्र्थापना भएकाले अब संसद्भित्र सहकार्य गरेर अगाडि जाऔँ भन्ने आशयको प्रस्ताव गरेका थिए । 

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन फैसला गरेको थियो । चितवनमा हुने भनिएको विरोध सभामा सम्बोधन गर्न पुगेका प्रचण्ड र नेपाल बुधबार बिहानै काठमाडौं फर्किएर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए ।