मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण ११ मंगलबार ०६:०९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दराजको विभिन्न छुट योजना

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण ११ मंगलबार ०६:०९:००

अनलाइन बजार दराजले विभिन्न छुट योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले ‘दराज हाटबजार’ नामक योजनामा ग्राहकका लागि महाडिल, शून्य ब्याजमा सजिलो मासिक किस्ता (इएमआई), खेल १ रुपैयाँको, निःशुल्क वितरण, निःशुल्क भौचरजस्ता योजना ल्याएको हो । 

दराज हाटबजारमा ‘खेल १ रुपैयाँको’ नामक योजनामा भाग लिने ग्राहकले विभिन्न उपहार जित्न सक्ने जनाइएको छ । केवल १ रुपैयाँमा २० हजार रुपैयाँ पर्ने नयाँ मोटोरोला जी प्ले, १५ हजार ९ सय ९० रुपैयाँ पर्ने अनरवाच म्याजिक घडी, २१ हजार ७ सय २५ रुपैयाँ पर्ने तीन सेटको सुटकेस र ७ हजार ८ सय ४५ रुपैयाँ पर्ने ६ महिनाको डिसहोम इन्टरनेट प्याकेज जित्न सक्ने कम्पनीले जनाएको छ । 

किनमेललाई सुविधाजनक बनाउन दराजले एनआइसी एसिया, सन्राइज, सिटिजन्स र माछापुच्छ«े बैंकसँग साझेदारी गरी सजिलो मासिक किस्ता सेवा (इएमआई) सुरु गरेको जनाएको छ । यी बैंकका ग्राहकले आफ्नो क्रेडिट कार्डबाट शून्य ब्याज र शून्य डाउनपेमेन्टमा सामान खरिद गर्न सक्ने जनाएको छ । ग्राहकले दराज बैंक डेज छुटमार्फत डेबिट र क्रेडिट कार्डबाट प्रिपेमेन्ट गर्दा थप १५ प्रतिशत वा ५ सय रुपैयाँसम्म छुट पाउने जनाइएको छ ।