मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ३ बिहीबार
  • Thursday, 17 June, 2021
२०७७ फाल्गुण १० सोमबार २१:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केन्द्र सरकारमा बस्नेहरूले संघीयताको हुर्मत लिने काम गरे : मुख्यमन्त्री गुरुङ

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १० सोमबार २१:३०:००

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केन्द्र सरकारमा बस्नेहरूले संघीयताको हुर्मत लिने काम गरेको आरोप लगाएका छन् । कृषि ज्ञान केन्द्र कास्कीको सोमबार उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । 

जनताको सेवासँग जोडिएका जिल्लाका विषयगत कार्यालय हटाएर नागरिकलाई संघीयताप्रति सुरुमै घृणा पैदा गराउने काम केन्द्र सरकारले गरेको उनको भनाइ छ । ‘संघीयताको मर्मविपरीत सुरुमै जनताको अधिकारसँग जोडिएका विषयगत कार्यालय हटाएर संघीयताको हुर्मत लिने काम भयो,’ उनले भने, ‘संघीयताको विरोध बाहिर नगर्ने, तर मजबुद हुन नदिने काम केन्द्रमा राज्यसत्तामा बस्नेहरूले गरे ।’

मुख्यमन्त्री गुरुङले केन्द्र सरकारमा बस्नेहरूले संघीयतालाई बलियो बनाउन नचाहँदानचाहँदै पनि प्रदेश सरकार र स्थानीय सरकारले संघीयताको जग बलियो बनाएको जिकिर गरे । ‘मुलुक संघीयतामा नगएको भए र प्रदेश सरकारले स्थानीय सरकारसँग मिलेर काम नगरेको भए कोरोना संकट झनै भयाभह हुने थियो,’ गुरुङले भने, ‘स्थानीय तहले रातारात क्वारेन्टिन बनाए । हामीले पनि उनीहरूलाई साथ दियौँ । हामीले आइसोलेसन बनायौँ । कोरोनाको समयमा बीचमा केन्द्रीय सरकार अस्थित्वविहीन अवस्थामा थियो । हामीले सबै ग¥यौँ । केन्द्र सरकारले पछि बल्ल पैसा पठाएको हो । कोरोना संक्रमणमा प्रदेश सरकारले आफ्नो औचित्य राम्रोसँग पुष्टि गरेको छ ।’

कोरोना संक्रमणजस्ता महामारीविरुद्ध लड्न निजी क्षेत्रभन्दा सरकार बलियो बन्नुपर्ने शिक्षा प्राप्त भएको उनले बताए । शिक्षा र स्वास्थ्यका संरचना सरकारी हुनुपर्नेमा उनको जोड थियो । 

कार्यक्रममा गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सबै जिल्लामा अहिले कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्र पु¥याइएको बताए ।