१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ८ शनिबार ०६:३९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जातीय विभेद गर्ने घरबेटीविरुद्ध प्रहरीमा उजुरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ८ शनिबार ०६:३९:००

दलित भएकै कारण एडभान्स लिएर पनि फ्ल्याट भाडामा नदिने काठमाडौंको धापासी हाइट घर भएका माधवराज भुसालविरुद्ध करुणा विश्वकर्माले प्रहरीमा जाहेरी दिएकी छिन् । जातीय छुवाछुत तथा भेदभाव ऐनअन्तर्गत उनले बिहीबार महानगरीय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएकी हुन् । 

३ फागुनमा हजार रुपैयाँ एडभान्स लिइसकेकी घरधनी भुसालकी पत्नीले करुणा ‘विश्वकर्मा’ भएको थाहा पाएपछि फ्ल्याट दिन अस्वीकार गरेकी थिइन् । ‘प्रहरीमा जाहेरी दिएकी छु । अब कानुनी प्रक्रिया अगाडि बढ्छ । मसँग गरिएको जातीय विभेदको सजाय उहाँहरूले पाउनैपर्छ,’ करुणाले भनिन् । 

घरधनी भुसालले भने करुणालाई जात र थरबारे केही नसोधिएको दाबी गरे । ‘२ फागुनको दिउँसो १२ बजे एकजना अपरिचित महिलाले हामीलाई फ्ल्याट खाली छ भनेर सोधेकी थिइन्, तर हामीले तत्कालै नदिने बताएका हौँ,’ उनले भने । तर, करुणाले भने भुसालले आफ्नो आत्मसम्मानमा चोट पुर्‍याएकाले अदालतसम्मै पुग्ने बताइन् ।