१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ७ शुक्रबार ०६:३७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईका ग्राहकलाई कतार एयरवेजमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ७ शुक्रबार ०६:३७:००

ग्लोबल आइएमई बैंक लिमिटेड र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता सिवाकोटी र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार बैंकका कर्मचारी एवं डेबिट–क्रेडिट–प्रिभिलेज कार्डबाहक ग्राहकले अनलाइन बुकिङमार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट प्राप्त गर्ने जनाइएको छ । आफ्ना ग्राहकको सुविधाका लागि बैंकले यस्ता योजनाहरू ल्याएर लाभान्वित गर्दै आएको जनाएको छ । 

बैंकले देशका ७५ जिल्लामा २ सय ७० शाखा, २ सय ४२ एटिएम, २ सय ४५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय सेवाकेन्द्रबाट सेवा दिइरहेको जनाएको छ ।