मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दीपक भट्ट रामेछाप
२०७७ फाल्गुण ७ शुक्रबार ०९:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १० जना गम्भीर घाइते 

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७७ फाल्गुण ७ शुक्रबार ०९:०५:००

मन्थली नगरपालिका– १ को मच्छेडाँडीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् । मन्थली नगरपालिका– ४ सालुबाट सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा.५ख २८५७ नम्बरको यात्रुबाहक बस तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । 
 
दुर्घटनामा  घाइते भएका १० जना विद्यार्थीलाई घटनास्थलबाट तत्काल उद्धार गरी उपचारका लागि मन्थलीस्थित  तामाकोसी अस्पतालमा लगिएको छ ।

बसमा ५३ जना यात्रु सवार रहेको र बाँकी यात्रुको उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए । 

बस तीव्र गतिमा भएका कारण विपरीत दिशाबाट गइरहेको ट्याक्टरलाई साइट दिने क्रममा अचानक सडकमै पल्टिएको प्रवक्ता श्रेष्ठले बताए ।  

प्रजातन्त्र दिवसको अवसर पारेर मन्थली नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ सिल्डका लागि श्री सेतीदेवी माध्यमिक विद्यालय सालुबाट बस रिजर्भ गरी विद्यार्थी लिएर सदरमुकाम मन्थलीतर्फ आउँदै  थियो ।