१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १ बुधबार ०९:१८:००
Read Time : < 1 मिनेट
साहित्य

युवा लेखक निश्चल मल्लको अंग्रेजी उपन्यास ‘फर्गो’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १ बुधबार ०९:१८:००

युवा लेखक निश्चल मल्लको अंग्रेजी उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ । अभिनेत्री ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुविन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले पुस्तक संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । 

विमोचनपछि बोल्दै अभिनेत्री ऋचाले लेखकप्रति आफ्नो मनमा श्रद्धा रहेको बताइन् । निश्चलले कम उमेरमै स्तरीय पुस्तक लेखेको भन्दै उनले बधाई दिइन् । ‘उमेर कम भए पनि किताबमा मैले परिपक्वता देखेँ,’ उनले भनिन्, ‘यथार्थ र कल्पनाशीलतालाई लेखकले मज्जाले प्रस्तुत गरेका छन् ।’

अर्की अभिनेत्री सुरक्षा पन्तले भ्यालेन्टाइनको मुखमा आफ्नो डेटलाई उपहार दिन पुस्तक उपयुक्त हुने बताइन् । लेखक सुविन भट्टराईले निश्चललाई देखेर आफ्ना पुराना दिन याद आएको बताए । उनलाई हौसला दिने अभिभावकको खाँचो नहोस् भन्नलाई कार्यक्रममा आएको उनले बताए । ‘व्यस्तताका कारण पुस्तक पढ्न पाइनँ, त्यसैले पुस्तकको गुण–दोषका बारेमा म बोल्दिनँ,’ सुविनले भने ।

लेखक निश्चलले पुस्तक रोमान्स र रहस्यको सम्मिश्रण भएको बताए । पुस्तकले नयाँ पुस्ताको प्रेमप्रतिको सोचलाई प्रस्तुत गरेको उनले जानकारी दिए । 

तस्बिर : अमुल थापा/नयाँ पत्रिका