मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १ बुधबार ०९:११:००
Read Time : < 1 मिनेट
सप्तरंग

सन्ध्यालाई सुपर प्लस साइज मोडलको उपाधि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १ बुधबार ०९:११:००

सुपर प्लस साइज मोडल नेपाल २०१९ को उपाधि सन्ध्या केसीले जितेकी छिन् । सन्ध्याले शीर्ष उपाधिका साथमा नगद ५० हजार रुपैयाँ र टप अफ द वल्र्ड प्लस साइज नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाएकी छिन् । 

प्रतियोगितामा फस्ट रनरअप विजेता नेहा गिरीले ३० हजार रुपैयाँ र सेकेन्ड रनरअप घोषित आशा चौधरीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । मोटोपनका कारण निराश भई बसेका महिलाहरूको व्यक्तित्व तथा आत्मविश्वास वृद्धिका लागि प्रतियोगिता आयोजना गरिँदै आएको आयोजक मोडल सङ्स नेपालकी प्रियंका बोथ्राले जनाइन् ।

उनले प्रतिस्पर्धीहरूलाई सपना राई र आरती प्रधानले एक महिनासम्म फिजिकल फिटनेस, फोटो सेसन, व्यक्तित्व विकासलगायतका विषयमा प्रशिक्षित गरेको जानकारी दिइन् ।

आयोजक संस्थाका प्रबन्ध निर्देशक डेभिलसिंह राजपुतले शारीरिक रूपमा मोटा र विवाहित महिलाको सौन्दर्यलाई आफूहरूले उजागर गरेको दाबी गरे ।