मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ३ बिहीबार
  • Thursday, 17 June, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ४ मंगलबार १८:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँ शैक्षिक सत्र असारदेखि : शिक्षामन्त्री (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ४ मंगलबार १८:१४:००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने बताएका छन् । सफलता एचआइभी शिक्षा सदनले राजधानीमा मंगलबार गरेको सरस्वती पूजाको कार्यक्रम सहभागी श्रेष्ठले सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्रालयले नयाँ शैक्षिक सत्रको तयारी गरिरहेको बताएका हुन् ।

श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषदमा पठाइएको र छिट्टै टुंगो लाग्ने पनि जानकारी दिए ।

आगामी दिनमा एचआइभी संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट विनियोजन गर्ने पनि उनले बताए । श्रेष्ठले समाजमा चेतनाको कमीले एचआइभी संक्रमितहरूले अपहेलित र उपेक्षित जीवन बिताउनुपर्ने अवस्था रहेको भन्दै उनीहरूको कदर र सम्मान हुनुपर्ने बताए ।