१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ फाल्गुण ४ मंगलबार १८:००:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मागेकै भवनमा बसेर सीमा सुरक्षा 

पाँचथरका चार स्थानमा सशस्त्र प्रहरीको बिओपी स्थापना, सुरक्षाकर्मीले न्यूनतम सुविधासमेत पाउँदैनन्

Read Time : > 2 मिनेट
२०७७ फाल्गुण ४ मंगलबार १८:००:००

नेपाल सरकारले  सुरक्षा मजबुत बनाउने र त्यस क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि भन्दै अन्तर्देशीय क्षेत्रमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) राखेको छ । पाँचथर जिल्लाले  छोएका क्षेत्रलाई सुरक्षा प्रदान गर्न चार स्थानमा त्यस्ता पोस्ट स्थापना पनि भए । तर, पूर्वतयारीविना स्थापना गरिएका त्यस्ता पोस्टमा रहने सुरक्षाकर्मीले न्यूनतम सुविधासमेत पाएका छैनन् ।

बस्नका लागि भवन छैन, खानेपानीको समस्या उस्तै छ । यातायातको सहज पहुँच छैन । समयमा सम्पर्क गर्न सक्ने अवस्था पनि छैन । उच्च पहाडी क्षेत्रमा राखिएका त्यस्ता पोस्टहरूका लागि कसैले पनि चासो दिएको छैन । जिल्लाबाट निर्वाचन जितेर उच्च ओहोदामा पुगेकाहरूले पनि बिओपीको समस्याप्रति खासै चासो नदिएको स्थानीयको गुनासो छ । पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित सांसद वसन्तकुमार नेम्बाङ हाल बहालवाला मन्त्री छन् । उनको पछिल्लो जिल्ला भ्रमणको समयमा करिब एक दर्जन आयोजनाको अनुगमन, शिलान्यास तथा स्तरवृद्धिका लागि कार्यक्रम भए । तर, देशको  सुरक्षाजस्तो जटिल क्षेत्रमा कार्यरत सुरक्षाकर्मीका लागि बस्ने भवनसम्मको व्यवस्था गर्ने कुनै तयारी बुझिएन । 
मन्त्री नेम्बाङ मात्रै हैनन्, जिल्ला आउने सरकारका जिम्मेवार कसैले पनि बिओपीका बारेमा चासो राखेको पाइएन । सडक, भवन, पुललगायतमा मात्रै केन्द्रित रहेका जिल्ला भित्रिने नेताहरू कार्यकर्ता प्रशिक्षणमा समय बिताउँछन्, तर  सुरक्षामा रहेकाहरूका बारेमा बोल्दैनन् ।

सरकारले २०७६ मंसिरमा गरेको निर्णयअनुसार नेपाल–भारत र नेपाल–चीनबीचको क्षेत्रमा दुई सय २१ बोर्डर आउट पोस्ट (बिओपी) राखिनुपर्ने हो । अन्तरदेशीय  सुरक्षा मुख्य जिम्मेवारीसहित पाँचथरका चार स्थानमा पोस्ट स्थापना भइसकेका छन्, तर ती पोस्ट कामचलाउ अवस्थामा छन् । गोठलाई भवनका रूपमा प्रयोग गरेर बस्नुपर्ने अवस्था छ । चित्राले बेरिएका घरलाई टिनले बेरिएको बाहेक कुनै परिवर्तन गरिएको छैन । पाँचथरमा स्थापना गरिएका चारवटै पोस्ट आफ्नो भवनमा छैनन् ।

याङ्वरकको  क्षेत्रमा राखिएको पोस्ट गाउँपालिकाले मर्मत गरिदिएको पुरानो भवन हो । त्यो पनि निर्धारित ठाउँ (चिवाभन्ज्याङ)भन्दा करिब आठ किलोमिटर टाढा । तोकिएको ठाउँमा सुरक्षाकर्मी बस्नका लागि गोठसम्म नभएपछि हाललाई अर्कै ठाउँमा राखिएको हो । त्यसबाहेक जिल्लामा फालेलुङ गाउँपालिकाको भैँसे, फालोट र गोर्खेमा बिओपी राखिएको छ । तीमध्ये कुनै ठाउँमा पनि बिओपीका लागि भनेर कुनै संरचना बनाइएको छैन । पुराना भवनलाई मर्मत गर्ने, व्यक्तिका गोठ भाडामा लिनेबाहेक केही पनि भएको देखिएन । 

कार्यालय राख्न भवनको अभाव
बिओपी मागेकै घरमा राखिएको छ । सरकारले भवनको प्रबन्धसमेत गर्न नसकेपछि तत्कालका लागि मागेकै घरमा बसेर सुरक्षाकर्मीले  सुरक्षा दिइरहेका छन् । पहिलोपटक स्थापना गरिएको मध्यपहाडी लोकमार्गको पूर्वी उद्गमबिन्दु चिवाभन्ज्याङमा राखिएको पोस्ट याङ्वरक गाउँपालिकाले मर्मत गरिदिएको भवन हो । गाउँपालिकाले पर्यटकहरूका लागि आश्रमस्थल भनेर तयार पारेको भवन अहिले सशस्त्र प्रहरी बलको बिओपी राख्न काम लागेको छ । बिओपी राख्न तोकिएको स्थान तोरीफुलेमा कुनै पनि संरचना नै नभएपछि त्यसको करिब आठ किलोमिटर टाढा मूलचोकमा करिब १५ वर्षअघिको भवन मर्मत गरेर बिओपी राखिएको हो । तत्कालीन जिल्ला विकास समितिले बनाएको भवनलाई मर्मत गरेर अहिले बिओपी राखिएको हो । उच्च पहाडी क्षेत्रमा अरू भवन नभएपछि भन्दा केही टाढा भए पनि सोही भवनमा बिओपी राखिएको गाउँपालिकाले जनाएको छ । 

फालेलुङ गाउँपालिकाको भैँसे भन्ने स्थानमा राखिएको बिओपी पोस्ट व्यक्तिको घर मागेर राखिएको छ । यसअघि सो घरमा डेरी सञ्चालन गरिएको थियो । गाउँपालिकाले समन्वय गरेर भवन उपलब्ध गराएको हो । फिदिमस्थित सशस्त्र प्रहरी बल हिमशिखर गुल्मका प्रमुख डिएसपी किशोर श्रेष्ठले भने– ‘फालौटमा राखिएको बिओपी पनि आफ्नो भवनमा छैन । पछिल्लोपटक फालेलुङ गाउँपालिका–४ गोर्खेपानीमा पोस्ट राखियो । त्यो पनि सशस्त्रको आफ्नो भवन होइन ।’ पर्यटकहरूका लागि गोठ–स्टेका रूपमा तयार पारिएको भवन बिओपीलाई उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । 

बाटोमै समस्या 
हाल बिओपी पोस्ट राखिएका स्थान मानव बस्तीभन्दा टाढा पर्छन् । पाँचथरमा राखिएका चार पोस्टमध्ये कुनैमा पनि सडक सहज छैन । अरू तीनको तुलनामा फालेलुङको गोर्खेपानीमा केही सहज भए पनि कष्टकर यात्रा नगरी पुग्न सक्ने अवस्था छैन । सडकको ट्र्याक मात्रै खोलिएको छ । लामो समयको मिहिनेतपछि बाटो खुलाउने विषयमा काम सुरु भएको फालेलुङ–४ का अध्यक्ष विश्वास सावदेनले बताए । २०७४ सालमा सुरु भएको सडकका लागि संघीय सरकारबाट ५० लाख रुपैयाँ विनियोजन भएको छ । उनले भने– ‘तत्कालका लागि असहज भए पनि छिट्टै यातायात सहज गर्नेमा हामी लागिरहेका छौँ । समस्या गोर्खेपानीको मात्रै होइन । पाँचथरको तोरीफुले, फालौट, गोर्खे, भैँसे सबैमा समस्या उस्तै छ ।’

मोबाइलसमेत चल्दैन 
पाँचथरमा बिओपी राखिएका चारै स्थानमा मोबाइल नेटवर्कले काम गर्दैन । सुरक्षा निकायको आफ्नै नेटवर्कमा कुरा गर्नसमेत समस्या हुने क्षेत्रमा मोबाइल सेवालाई सहज बनाउन आवश्यक पहल थाल्ने सम्बन्धित गाउँपालिकाले जनाएका छन् । प्रतिकूल मौसमका बाबजुद काम गर्नुपरेको सशस्त्र प्रहरीले बताएको छ । चिसो मौसममा झनै समस्या हुने गरेको छ । भौतिक पूर्वाधार देखिएका समस्याका बीच मा पुगेको सशस्त्र प्रहरीले  सुरक्षासहित मा हुने आपराधिक गतिविधिमा निगरानी गर्ने अपेक्षा नागरिकको छ । भौतिक पूर्वाधारको सुविधालाई भन्दा पनि जुनसुकै अवस्थामा मा उपस्थित रहनुपर्ने जिम्मेवारीका कारण आफू उपस्थित रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशिराज दाहालले बताए । ‘बाटो नभए पनि हामी यो क्षेत्रमा आउनैपर्ने हो,’ उनले भने, ‘अवस्था जस्तो भए पनि हाम्रो कर्तव्य सम्झने हो ।’