Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १ बुधबार ०९:०६:००
Read Time : < 1 मिनेट
साहित्य

शिखरको ढुङ्गा विमोचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १ बुधबार ०९:०६:००

 

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विद्यालय पढ्दा पाइलट बन्न चाहन्थे । कलेज पढ्दा उनको चाहना इन्जिनियर बन्ने थियो । त्यसपछि सैनिक कमान्डर बन्ने इच्छा जाग्यो । उनी सैनिक कमान्डर त बने, तर विद्रोही सेनाको ।

काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पुस्तक विमोचनमा प्रचण्डले आफ्नो विगत सुनाउँदै थिए । जुनसुकै क्षेत्रमा लागे पनि समर्पित भएर लाग्नुपर्ने उनले बताए । सरल सहयात्रीले लेखेको उपन्यास ‘शिखरको ढुङ्गा’ विमोचनमा उनले आफू राजनीतिमा समर्पित भएर लागेका कारण चाहेका अन्य धेरै काम गर्न नसकेको बताए ।

सरल सहयात्री राजनीतिकर्मी भएकाले सचेतताका साथ साहित्यमा समर्पित भइरहेको प्रचण्डको भनाइ छ । सरलका साहित्य बौद्धिक र यथार्थ हुने उनले बताए । आख्यानकार नयनराज पाण्डेले उपन्यासमा सगरमाथा आरोहणको विवरण मात्र नभएर कथालाई कलात्मक ढंगले उल्लेख गरिएको बताए । उपन्यासमार्फत लेखकले सगरमाथा र जनयुद्धलाई जोडेको उनको भनाइ छ । उपन्यास सगरमाथा आरोहण गर्नेहरूका लागि ‘गाइड बुक’ पनि हुने नयनराजले बताए ।

त्रिवि शिक्षाध्यक्ष तथा साहित्यकार सुधा त्रिपाठीले उपन्यासकार मृत्युको मूल्य खोजी गर्ने अभियन्ता भएको बताइन् । उपन्यासलाई उनले ‘पोस्ट वार’ साहित्यको संज्ञा दिइन् । पर्वतारोहण संघकी अध्यक्ष माया शेर्पाले सगरमाथा चढ्नु युद्ध जित्नुजत्तिकै कठिन रहेको बताइन् । उनले अन्य हिमालका बारेमा पनि साहित्य लेखिनुपर्ने धारणा राखिन् ।

पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो । २७४ पेजको पुस्तकको मूल्य पातलो गाताका लागि ३९५ र मोटो गाताका लागि ५९५ रुपैयाँ छ ।