मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मनोज चौरसिया
२०७५ फाल्गुण १ बुधबार ०८:५१:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

भाजपाको चुनावलक्षित ‘चाइना कार्ड’

Read Time : > 1 मिनेट
मनोज चौरसिया
२०७५ फाल्गुण १ बुधबार ०८:५१:००

आगामी आमनिर्वाचनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ठूलो चुनौती दिएको छ । निर्वाचनको मिति दुई महिना मात्र बाँकी रहँदा मोदीको भारतीय जनता पार्टी (भाजपा)ले आफ्नो पक्षमा जनमत पार्न हरसम्भव प्रयास गरिरहेको छ । प्रभावकारी हुन सक्छ भन्ने लागेका सम्भावित मुद्दालाई भाजपाले यतिवेला उठाइरहेको छ । कंग्रेसका प्रमुख नेता राहुल गान्धीको कैलाश मानसरोवर धार्मिक भ्रमण दौरान केही चिनियाँ मन्त्रीसँग भेटघाट गरेको विषयलाई भाजपाले आफ्नो पक्षमा जनमत पार्ने निर्वाचनलक्षित अन्तिम हतियार बनाएको छ ।

भारतको पूर्वीराज्य उडिसामा आयोजित एक -यालीलाई सम्बोधन गर्ने क्रममा गान्धीले मानसरोवर भ्रमण तथा केही चिनियाँ नेतासँगको भेटलाई जोडेका थिए । युवाका लागि रोजगारी सिर्जना गर्ने मामिलामा भारतले चीनबाट सिक्नुपर्ने अभिव्यक्ति उनले दिएका थिए । देशको बेरोजगारीको समस्यासँग जुध्न चीनको सिको गर्नुपर्ने भनाइ गान्धीको थियो । तर, भाजपाले उनको आशयलाई बंग्याएर फरक मुद्दा बनाएको छ ।

एक सर्वेक्षणअनुसार सन् २०१७–१८ मा भारतको बेरोजगारी दर बढेर ६.१ प्रतिशत पुगेको छ, जुन भारतको इतिहासमा ४५ वर्षयताकै सबैभन्दा उच्च बेरोजगारी दर हो । सर्वेक्षणलाई आधार बनाएर गान्धीले बेरोजगारी दरलाई राष्ट्रिय विपत्तिको संज्ञा दिए । यद्यपि, भाजपाले भने सो सर्वेक्षण झुटो भएको दाबी गरेको छ । भाजपाले राहुल गान्धीलाई चिनियाँ प्रचारकको रूपमा प्रस्तुत गरेको छ । भाजपाका प्रवक्ता सम्बित पात्राले गान्धी चीनप्रति आँखा चिम्लेर सकारात्मक भएको भन्दै आलोचना गरेका छन् । मानसरोवर भ्रमणपछि गान्धीलाई चिनियाँ राजदूतले औपचारिक बिदाइका लागि गरेको अनुरोधप्रति पनि भाजपाले आपत्ति जनाएको छ । मानसरोवर भ्रमणको बहाना बनाएर चिनियाँ मन्त्रीहरूसँग विभिन्न मुद्दामा छलफल गरेको ठम्याइ भाजपाको छ । गान्धीको चीन भ्रमणबारे कंग्रेसले प्रस्ट पार्नुपर्ने दाबी भाजपाले गरेको छ । 

प्रतिपक्षी दलविरुद्ध चाइना कार्ड चलाएर गहन मुद्दाबाट जनताको ध्यान बाहिर निकाल्न भाजपाले प्रयास गरिरहेको छ 
 

तर, वास्तवमा भन्ने हो भने देशका मूलभूत मुद्दाबाट जनताको ध्यान खिचेर साना–मसिना विषयमा अल्झाउन भाजपा यसो गरिरहेको छ । निर्वाचन नजिकिँदै गर्दा आमजनता भाजपाप्रति सकारात्मक नभएको परिपे्रक्षमा अनावश्यक बखेडा झिकेर जनतालाई भ्रममा पार्ने प्रयासमा भाजपा देखिन्छ । एक वर्षमा दुई करोड रोजगारी सिर्जना गर्ने प्रतिबद्धतामा सरकार असफल भएको आरोप प्रमुख प्रतिपक्षी दल कंग्रेसले लगाएको छ ।

राफेल लडाकु विमान खरिद प्रक्रियामा भएको भ्रष्टाचारको विषयलाई पनि कंग्रेसले जोडका साथ उठाएको छ । यसकारण, प्रतिपक्षी दलविरुद्ध चाइना कार्ड चलाएर गहन मुद्दाबाट जनताको ध्यान बाहिर निकाल्न भाजपा विभिन्न प्रयास गरिरहेको छ । राजनीतिक विश्लेषकले पनि भाजपाको चाइना कार्डले आउँदो निर्वाचनमा अत्यन्तै थोरै वा बिल्कुलै कुनै प्रभाव नपार्ने विश्लेषण गरेका छन् । भारतीय निर्वाचनमा अन्तर्राष्ट्रिय मुद्दाभन्दा घरेलु मुद्दा हाबी भएको र चीनसँगको सीमाविवाद पनि सुल्झिसकेको अवस्थामा चीन भारतको आन्तरिक शान्ति र सुरक्षाका लागि खतरा नभएको निष्कर्ष राजनीतिक विश्लेषकको छ । 

लेखक भारतीय वरिष्ठ पत्रकार हुन् । ग्लोबल टाइम्सबाट