Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी
२०७७ फाल्गुण ३ सोमबार १४:२८:००
Read Time : > 1 मिनेट
फिचर

जापानमा घरेलु हिंसा तीव्र, महिनामै १५ हजारवटासम्म मुद्दा दर्ता 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ फाल्गुण ३ सोमबार १४:२८:००

जापानलाई घरेलु हिंसारहित देश भन्ने गरिन्छ । तर, पछिल्लो समय यो भनाइ जापानको हकमा गलत साबित हुन थालेको छ । यहाँ हरेक महिना १५ हजारभन्दा बढी घरेलु हिंसाका मुद्दा दर्ता हुन थालेको रिपोर्टहरू सार्वजनिक भइरहेका छन् । यस्तै, कोरोना महामारीका समयमा बालबालिकाद्वारा हुने आत्महत्या दरमा ४९ प्रतिशतसम्म वृद्धि भएको उल्लेख छ ।

पछिल्लो समय जापानमा घरेलु हिंसाजन्य गतिविधि निकै बढिरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । जापानको म्याकडोनाल्ड कम्पनीका पूर्वअध्यक्ष ७२ वर्षीय आकी हाराडा घरेलु हिंसाको आरोपमा ६ फेब्रुअरीमा पकाउ परे । उनी अहिले जेल सजाय भोगिरहेका छन् ।

गत महिना ६७ वर्षीय मासामित्सुले पनि ९० वर्षभन्दा बढीका आमाबुबालाई घाँटी थिचेको आरोपमा जेल सजाय काटिरहेका छन् । वृद्ध उमेरका आमाबाबुलाई नियन्त्रण गर्न गाह्रो भएका कारण दबाब दिन यस्तो गरेको मासामित्सुले प्रहरीमा बयान दिएका छन् । 

यी दुई हिंसाजन्य गतिविधि प्रतिनिधि घटना मात्रै हुन् । कोरोना भाइरस महामारी फैलिएयता एक वर्षभित्र जापानमा मानसिक तनावका कारण घरेलु हिंसा अस्वाभाविक रूपले बढेको न्युज युनिकले जनाएको छ । यति मात्र होइन, यस अवधिमा जापानमा आत्महत्या गर्नेको संख्या पनि अत्यधिक भएको न्युज युनिकमा उल्लेख छ । साथै परिवारका सदस्यबीच पनि सम्बन्ध बिग्रिने दर उच्च छ । 

टोकियो मेट्रोपोलिटन इन्स्टिच्युट अफ जेरोन्टोलोजीको रिपोर्टअनुसार यो दश वर्षदेखि यहाँ आत्महत्या दर उस्तै थियो । तर, गत जुलाईदेखि अक्टोबरसम्म १६ प्रतिशतले बढेको छ । पछिल्लो ६ महिनामा १४ प्रतिशतमा झरेको छ ।

यसैबीच, एउटा अच्चमलाग्दोको रिपोर्ट पनि सार्वजनिक भएको छ । नोभेम्बर ०१६ देखि अक्टोबर ०२० सम्मको तथ्यांकअनुसार आत्महत्या गर्ने दर प्रतिशत ४९ बढेको थियो । अझ कोरोना भाइरसको दोस्रो लहर चल्दा आत्महत्याको प्रतिशत ह्वात्तै बढेको छ । यसमा ३७ प्रतिशत महिलाले घरेलु हिंसा र अन्य कारण आत्महत्या गर्नुपरेको न्युज युनिकले उल्लेख गरेको छ । 

यसैगरी, २०२० को नोभेम्बर महिनामा मात्रै ८६ प्रतिशत महिलाले घरेलु हिंसाकै कारण आत्महत्या गरेको रिपोर्ट दर्ता भएको मेट्रोपोलिटनले जनाएको छ ।

दुई दशकदेखि महिला घरेलु हिंसासम्बन्धी अनुसन्धान गरिरहेका प्रोफेसर टामोको सुगोले कोरोना महामारीको समयमा कामविहीन हुँदा आत्महत्याको केस बढेको बताएका छन् । ‘पहिला श्रीमान्–श्रीमती सँगै अफिस जान्थे, त्यसवेला उनीहरूले एक–आपसमा खासै समय दिँदैनथे, महामारीको समयमा दुवैले घरबाटै काम गर्न थाले,’ प्राध्यापक सुगोले भने, ‘दिनदिनै घरबाटै काम हुँदा एक–आपसमा स–साना विषयमा पनि झगडा भएको देखिन्छ, यसबीच कामविहीन हुँदा घरको वातावरण बिग्रिन पुग्यो, महिलाले श्रीमानको दबाब वा घरेलु हिंसा सहन नसकेका कारण आत्महत्याको बाटो रोजेकोजस्तो लाग्छ ।’

सिनेमा क्षेत्र पनि डिप्रेसनमा
जापानको सिनेमा उद्योग डिप्रेसनमा रहेको समाचारहरू आइरहेका छन् । गत सेप्टेम्बरमा जापानी सिनेमाका नायक युको टेकेचीले आत्महत्या गरेका थिए । यस्तै गत महिना मात्रै पनि ३० वर्षीय नायक अरुमा मिउराले आत्महत्याको बाटो अपनाएका छन् । अहिले जापानमा डिप्रेसन हटाउन दैनिक १८ सय चलचित्रकर्मीले हरेक दिन चिकित्सकसँग अनलाइन परामर्श लिइरहेका जनाइएको छ ।