मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार १६:०६:००
Read Time : < 1 मिनेट
खेलकुद

इपीएल एलिमिनेटर : प्रतियोगिताबाट चितवन बाहिरियो, भैरहवा ४ विकेटले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार १६:०६:००

एभरेष्ट प्रिमियर लिग अन्तर्गतको बुधाबार भएको एलिमिनेट खेलमा भैरहवा ग्याडियटर्सले चितवन टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ  । आजकाे हारपछि चितवन प्रतियाेगिताबाट बाहिरिएकाे छ । चितवनले दिएकाे एक सय ४० रनकाे लक्ष्य भैरहवाले ६ विकेटकाे क्षतिमा एक सय ४२ रन बनाउदै पुरा गरेकाे हाे । 

लक्ष्छ पछ्याउने क्रममा भैरहवाका लागि प्रदिप सिंह ऐरीले सर्वाधिक ४२ रन बनाए भने शरद भेषवाकरले २९ रन बनाए । अविजित रहँदै कुशल मल्लले २७ रन रोहित पौडेलले २४ रन जाेडे । बलिङतर्फ चितवनका कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए भने ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।  

यसअघि  भैरहवाले टस जित्दै चितवनलाई ब्याटिङको निम्तो दिएकाे थियाे । चितवनलाइ एक सय ३९ मा राेक्ने क्रममा भैरहवाका लागि माेहम्मद नाभिदेल सर्वाधिक ३ विकेट लिए । यस्तै अभनिष बोहोराले २ विकेट लिँदा रायन टेन्डेसकाटेल र भुवन कार्कीले समान १ विकेट लिए । चितवनका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक अर्धशतकीय ५६ रनकाे याेगदान गरे । यस्तै जोम सिम्सोन र पौल स्ट्रिलिङले समान १४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । 

 विजेता भैरहवाले बिहीबार फाइनलका प्रवेशका लागि हुने क्वालिफायर्सको खेलमा काठमाडौं किंग्स इलाभेनको समना गर्नेछ ।