मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १५ बुधबार
  • Wednesday, 28 April, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ३ सोमबार ०५:४६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टिभिएस मोटर कम्पनीको एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ३ सोमबार ०५:४६:००

टिभिएस मोटर कम्पनीले आफ्नो उत्पादन एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले मार्भल्स अभेन्जर्सबाट प्रेरित मोडेल बजारमा ल्याएको हो । टिभिएस डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेर एनटर्क १२५ को एक विशेष सुपरस्क्वाड संस्करण सुरु गरेको कम्पनीको दाबी छ । यो आइकोनिक मार्भल सुपर हिरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कुटर भएको जनाइएको छ । 

सुपरस्क्वाड संस्करण क्रमशः आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आकर्षक रङ इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक र कम्ब्याट ब्लूमा उपलब्ध रहेको जनाइएको छ । स्कुटर नेपालमा सार्वजनिक गर्दै कम्पनीको इन्टरनेसनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलीपले टिभिएस एनटर्क १२५ ले नेपालमा सार्वजनिक भएदेखि नै आफ्नो बेजोड स्टाइल, उत्कृष्ट रेसिङ प्रेरित पर्फमेन्स र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजीका कारण नयाँ कीर्तिमान कायम गर्ने बताए । 

टिभिएसका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता जेएमपिएलका प्रबन्ध निर्देशक साहिल अग्रवालले नेपालमा सबैभन्दा नवीन र सेगमेन्टकै उत्कृष्ट उत्पादनहरू ल्याउन प्रतिबद्ध रहेको बताए । टिभिएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री भएको र रुचाइएको स्कुटर भएको उनको भनाइ थियो ।