मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ३ सोमबार ०५:३९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टाटाको बिएससिक्स इन्जिनका गाडीको प्रि–बुकिङ खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ३ सोमबार ०५:३९:००

नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटाका गाडीहरूको नेपाली बजारमा प्रि–बुकिङ खुला गरेको छ । कम्पनीले भारतीय स्ट्यान्डर्ड सिक्सको मान्यताप्राप्त टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टिएगो र एचफाइभ गाडीहरूको प्रि–बुकिङ सुरु गरेको हो  

यी गाडीहरू न्यू फर एभरको अवधारणासहित अत्याधुनिक प्रविधियुक्त, परिमार्जित शक्तिशाली इन्जिनका साथ ग्लोबल एन क्यापबाट सेफ्टीमा फाइभ स्टार र फोर स्टार रेटिङ पाएका गाडीहरू रहेको कम्पनीको दाबी छ । यही अवसर पारेर प्रि–बुकिङ गर्ने पहिलो १ सय ग्राहकलाई विभिन्न आकर्षक उपहारहरू प्रदान गरिने कम्पनीले जनाएको छ । उपहारमा आइफोन १२, नगद छुट, एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क सर्भिसिङ र निःशुल्क जेन्युइन एसोसेरिजहरू रहेको जनाइएको छ ।  

इम्प्याक्ट २.० डिजाइनमा तयार गरिएका टाटाका यी गाडीहरू हरेक उमेरसमूहका ग्राहकको रोजाइमा पर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । ग्लोबल एनक्यापको रेटिङअनुसार नेक्सन र अल्ट्रोज फाइभ स्टार तथा टिएगो र टिगोर फोर स्टार सेफ्टी रेटेट सबैभन्दा सुरक्षित गाडी रहेको कम्पनीले जनाएको छ ।