मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण ३ सोमबार १०:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विवेकशील साझा पार्टीले विस्तार गऱ्याे सञ्चार तथा सूचना प्रविधि विभाग, परियार बने प्रमुख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण ३ सोमबार १०:३४:००

विवेकशील साझा पार्टीले सञ्चार तथा सूचना प्रविधि विभाग गठन गरेको छ। पार्टीका केन्द्रीय सचिवालय सदस्य प्रकाशचन्द्र परियारको नेतृत्वमा विभाग गठन गरिएको हो।

आमसञ्चार, सामाजिक सञ्जाल, सूचना र प्रविधिसँग पार्टीका गतिविधिलाई जोड्न विभाग गठन गरिएको विभागका प्रमुख प्रकाशचन्द्र परियारले बताए।

नवगठित सञ्चार तथा सूचना प्रविधि विभागको उपप्रमुखमा हरिशप्रसाद भट्ट, सदस्यहरूमा रोशनी अधिकारी, आशिष जोशी रेग्मी, कृष्णा ताम्राकार, सूर्यदीप रेग्मी, उद्धवराज भेटवाल, नरेश भण्डारी र मनन महर्जन चयन भएका छन्।

यसैगरी पार्टीका प्रवक्ता शरदराज पाठक र केन्द्रीय कार्यालय व्यवस्थापन विभाग प्रमुख दीपकप्रसाद उप्रेती विभागको पदेन सदस्य रहेका छन्।