१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २ आइतबार २२:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भागरथी हत्याका दोषीलाई कारबाहीको माग गर्दै नेविसंघको विरोध प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २ आइतबार २२:१३:००

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्याको विरोध गर्दै नेपाल विद्यार्थी संघले दबाबमूलक विरोध प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितिको आयोजनामा पद्मकन्या क्याम्पसअगाडि आइतबार ¥याली तथा विरोधसभा भएको छ ।
 
सभामा नेविसंघका अध्यक्ष राजीव ढुंगानाले सरकारको लापरबाहीका कारण घटना भएको लामो समयसम्म पनि दोषी पत्ता नलागेको आरोप लगाए । ‘हामीले गृहमन्त्री स्वयंलाई भेटेर ध्यानाकर्षण गराएका छौँ, तर अहिलेसम्म पनि दोषी पत्ता नलाग्नु दुःखद हो, बलात्कारका घटनाबाट पीडित सबै दिदीबहिनीको न्यायका लागि हामी विरोधमा छौँ,’ ढुंगानाले भने । 

महामन्त्री दीपक भट्टराईले केपी ओली नेतृत्वको सरकारले निरन्तर अपराधीको संरक्षण गर्दै आएको आरोप लगाए । ‘सरकारले तीन वर्षमा यति धेरै अपराधीको संरक्षण गरेछ कि अहिले ओलीका सभामा अपराधी मात्रै छन्, अपराधी खोज्न अन्त जान पर्दैन, ओलीका सभामा गए हुन्छ,’ भट्टराईले भने । सरकारले आफैँ पीडकको संरक्षण गर्न लागेपछि पीडितलाई न्याय पाउन कठिन भएको र पीडकलाई अझै प्रोत्साहन मिलेको उनको आरोप थियो ।