मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १ शनिबार १८:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेरो कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति अनिवार्य बन्न थाल्यो : प्रधानमन्त्री (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १ शनिबार १८:३४:००

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति अनिवार्य बन्न थालेको दाबी गरेका छन् । बुटवलमा ओली समूहले शनिबार आयोजना गरेको आमसभामा ओलीले यस्तो दाबी गरेका हुन् । पुनर्स्थापना

उनले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय संविधानसम्मत भएको पनि दाबी गरे । आफ्नै पार्टीबाट काम गर्न नदिने र मुलुकलाई अस्थिरतामा धकेल्ने षड्यन्त्र हुन थालेपछि आफूले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गरेको उनको भनाइ छ । 

अदालतलाई दबाब दिने अनेक प्रकारका काम भएको उल्लेख गर्दै उनले अदालतले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने छैन भन्ने विश्वास आफूले लिएको बताए । उनले भने ‘देशलाई अस्थिरतातर्फ अदालतले फर्काउनेछैन भन्ने मैले विश्वास लिएको छु । अस्थिरतातर्फ देशलाई फर्किन दिनुहुँदैन । अब कुनै पार्टीको बहुमत रहँदैन यसपछि यदि संसद् पुनर्स्थापना हुने हो भने बहुमत नरहेपछि किनबेच, मोलतोल सुरु हुने, अनुचित समीकरण सुरु हुने, बाँकी डेढ वर्षमा लोकतन्त्रको हुर्मत लिने काम हुन्छ । त्यसैले, अब अलमलिने होइन सोझै जनतामा जनादेशका लागि जानुपर्छ ।’

प्रत्यक्षमा बहुमत र समानुपातिकमा ५० लाख मत ल्याउने
प्रचण्डले विगतमा सर्वसाधारणलाई अनेक सपना देखाएर झुक्याएर सत्तामा जाने भ–याङ बनाएको भन्दै ओलीले आफूलाई लोकप्रिय छौँ भन्नेहरू चुनावसँग किन डराएको भनी प्रश्न गरे । उनले आफुहरुले निर्वाचनमा प्रत्यक्षतर्फ बहुमत र समानुपातिकमा ५० लाख मत प्राप्त गर्ने उद्घोष गरे । पार्टी सुद्धिकरण गर्नुपर्ने आवश्यकता परिरहेका बेला प्रचण्ड माधव समुह बाहिर गएर महान सुद्धिकरणका लागि ढोका खोलेको उनले बताए । ओलीले जनसभागिता र जनसभा हेर्न बुटबल आउन प्रचण्डलाई आग्रह समेत गरे । 

बलात्कारीलाई कारबाही गर्ने प्रतिबद्धता
उनले निर्मला, भागीरथी लगायतका बलात्कारी र हत्याका आरोपितहरुलाई कारवाही गरेरै छाड्ने प्रतिवद्धता जनाए । काठमाडौंमा महिला हिंसा अन्त्य गरि बलात्कारी र हत्यारालाई कारबाही गर्न दिनहुँ आन्दोलन र विरोध प्रदर्शन भईरहेका बेला लुम्बिनी पुगेर प्रधानमन्त्रीले महिला हिंसा, बलात्कार र हत्यामा संलग्न दोषीलाई पानीमुनि गए पनि नछोडिने र सजाय पनि कम नहुने बताएका हुन् ।