मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २६ आइतबार
  • Sunday, 09 May, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १ शनिबार १७:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भागरथी हत्याको दोषी पत्ता लगाउन नसके गृहमन्त्रीले राजीनामा दिनुपर्छ : डा. डिला संग्रौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १ शनिबार १७:४४:००

कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले भागरथी भट्टको बलात्कारपछि हत्याको नौ दिन बितिसक्दा पनि दोषी पत्ता नलाग्नुले सरकारप्रति आशंका व्यक्त भएको बताएकी छिन् । उनले तत्काल दोषी पत्ता लगाउन नसके गृहमन्त्री रामबहादुर थापाले राजीनामा दिनुपर्ने बताएकी छिन् । ‘यदि तुरुन्तै दोषी पत्ता लगाउन नसक्ने हो भने अविलम्ब गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सुदूरपश्चिम सरकारले तदारुकताका साथ उच्चस्तरीय छानबिन समिति गठन गरी दोषी पत्ता लगाउने कार्यमा तुरुन्त कदम चाल्न जोडदार माग गर्दछु,’ उनले भनेकी छिन् । 

नेतृ संग्रौलाले एकपछि अर्को घटनामा नेपाली महिला गाउँदेखि सहरसम्म एकै प्रकृतिले बलात्कार, हिंसा र हत्याको सिकार भइरहेका बताएकी छिन् । ‘घटना भएको यतिका दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गर्न नसक्नुले सरकारप्रति गम्भीर प्रश्न उब्जिएको छ, निर्मला पन्तलगायतका बलात्कारका घटनालाई सरकारले आजसम्म पनि कानुनी दायरामा ल्याई न्याय दिन सकेको छैन,’ नेतृ संग्रौलाले विज्ञप्तिमार्फत भनेकी छिन्, ‘कतै सरकारले दोषीलाई संरक्षण गरिरहेको त छैन ? आमआशंका व्यक्त भएको छ ।’ 

उनले महिला जागरुक बनेर सम्बद्घ निकायको ढोका घचघच्याउँदै सरकार र समाजको लामो निद्रा तोड्न आवश्यक रहेको बताएकी छिन् । बैतडीकी भागरथीको बलात्कारपछि हत्याको घटनाले देशमा शान्ति सुरक्षा र नागरिकको जनधनको सुरक्षा गर्ने सरकारको दायित्व उदांगिएको उनले बताएकी छिन् । ‘आजको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै हामी सम्पूर्ण राजनीतिक कार्यकर्ता एवं अधिकारकर्मीहरू आन्दोलित भएका छौँ,’ नेतृ संग्रौलाले भनेकी छिन्, ‘भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धानको दायरामा नल्याउन्जेल हाम्रो संघर्ष जारी रहनेछ ।’