Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण १ शनिबार १०:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुलुकलाई निरंकुशतातिर धकेल्न ओलीले संसद् भंग गरे : रामचन्द्र पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण १ शनिबार १०:४८:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशतातर्फ लैजानका लागि प्रतिनिधीसभा विघटन गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गर्न लागेको फागुन ३ गतेको प्रदर्शनमा सहभागी हुनका लागि आमनागरिकलाई भिडियोमार्फत अपिल  गर्दै पौडेलले सरकारका पछिल्ला काम–कारबाहीले मुलुकलाई निरकुंशतातर्फ धकेल्ने निहित उद्देश्यका साथ संसद् भंग भएको पुष्टी हुँदै गएको बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरंकुशताकाे बाटोमा धकेल्नका लागि संसद् भंग गर्नु सामान्य विषय नभएको भन्दै मुलुकलाई जोगाउन, संविधान, लोकतन्त्र र समावेशितालाई रक्षा गर्नका लागि आमलोकतन्त्रवादीहरूले सशक्त ढंगले प्रस्तुत हुनुपर्ने वेला आएको उल्लेख गरे ।  

पौडेलले भिडियो अपिलमा सम्पूर्ण लोकतन्त्रवादी नागरिकलाई नेपाली कांग्रेसले फागुन ३ गते आयोजना गरेको ७७ वटै जिल्लामा हुने विरोधसभामा सहभागी  हुन आह्वान गरेका छन् ।