मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
केदार दाहाल काठमाडाैं
२०७७ फाल्गुण १ शनिबार ०८:२०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हेली एभरेस्टको उडानमा नियामकले लगायो प्रतिबन्ध

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडाैं
२०७७ फाल्गुण १ शनिबार ०८:२०:००

उडान सुरक्षाविपरीत सञ्चालन गरेको पाइएपछि हेली एभरेस्टको उडानमा रोक लगाइएको छ । नेपाल वायुसेवा निगमको समेत सञ्चालक समितिका सदस्य रहेका फुर्वाग्याल्जेन शेर्पाको स्वामित्वमा रहेको हेली एभरेस्टले हवाई सुरक्षाका मापदण्डलाई मिचेर उडान गरिरहेको भेटिएको हो । शेर्पा एक महिनाअगाडि मात्रै अल्टिच्युट एयरबाट बाहिरिएका थिए ।

 यात्रुलाई जोखिममा राखेर उडान गराएको पाइएपछि शुक्रबारबाट उडान रोक्न नेपाल नागरिक उड्डयन प्राधिकरणले परिपत्र गरेको हो । दुईवटा हेलिकोप्टरबाट उडान गर्दै आएको कम्पनीले इन्जिनियरिङ विभागका कर्मचारी १५ दिनसम्म खाली राखेर उडान गराएको पाइएको छ । एयरलाइन्स कम्पनीले अपरेसन विभाग र इन्जिनियरिङ विभागमा कर्मचारी नराखी उडान सञ्चालन गर्न नपाउने व्यवस्था छ ।

उडान सुरक्षाका केही अपरिहार्य नियम हेली एभरेस्टले परिपालना गरेको नदेखिएपछि उडानमा रोक लगाएको प्राधिकरणले जनाएको हो । हेलीको सेफ्टिङ्स रिलेटिन पोस्ट, सेफ्टी टेक्निकल दुई हप्ताभन्दा बढी समयदेखि खाली छ । प्रत्येक दिन इन्जिनियरिङ विभागका इन्जिनियरहरूले चेकजाँच गरेपछि मात्रै उडानको स्वीकृत पाउने व्यवस्था छ । यसरी विभाग नै रित्तो बनाएर उडान सञ्चालन गर्नु आइकाओको उडान सुरक्षा मापदण्डभन्दा बाहिर हो । यस्तो अवस्थामा कुनै पनि दुर्घटना भएमा बिमा मागदाबीसमेत गर्न नपाइने व्यवस्था छ । एयरबस ए ३५० बि३ई हेलिकोप्टर दुईवटा रहेको हेली एभरेस्ट सन् २०१६ देखि सञ्चालनमा रहेको छ ।  

प्राविधिक जनशक्ति पूर्ति नभएपछि नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निजी हेलिकोप्टर कम्पनी हेली एभरेस्टको उडान तत्कालका लागि स्थगित (सस्पेन्ड ) गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । 

यती समूहका एजेन्टका रूपमा काम गर्दै आएका शेर्पाले यती समूहका अध्यक्ष सोनाम शेर्पालाई कारबाही फुकुवा गर्न लबिङ गराइरहेका छन् । गत असारमा सोनामकै लबिङमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यती समूहको लगानी रहेको अल्टिच्युट एयरका अध्यक्ष फुर्वाग्याल्जेन शेर्पालाई सञ्चालक समितिमा नियुक्त गरेका थिए । हाल शेर्पा अल्टिच्युट छाडेर हेली एभरेस्टमा गएका हुन् । उता अल्टिच्युटबाट यती समूहले पनि लगानी झिकेको छ ।