१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ३० शुक्रबार २०:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा वरिष्ठ नेता खनालको दिल्लीस्थित अपोलो अस्पतालमा स्वास्थ्य परीक्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ३० शुक्रबार २०:३८:००

स्वास्थ्य उपचारका लागि शुक्रबार भारतको राजधानी नयाँदिल्ली गएका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको अपोलो अस्पतालमा उपचार सुरु भएको छ । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले ट्विट गर्दै अपोलोमा स्वास्थ्य परीक्षण एवं उपचार सुरु भएको बताएका छन् । 

नियमित स्वास्थ्य उपचारको सिलसिलामा खनाल त्यहाँ गएका हुन् । दिल्लीस्थित एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

खनाल दिल्लीमा चार दिन रहनेछन् । यसअघि चीनको बेइजिङमा स्वास्थ्य उपचार गराएका खनाल पुनः त्यहीँ जाने योजनामा रहे पनि कम्तीमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने त्यहाँको नियमलगायतका प्राविधिक समस्याका कारण यसपटक दिल्ली गएका हुन् । दिल्लीमा रहँदा खनालले कुनै राजनीतिक भेटवार्ता नगर्ने उनको सचिवालयले जनाएको छ ।