मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ३० शुक्रबार १७:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शताब्दीपुरुष सत्यमोहन जोशीद्वारा मरणोपरान्त शरीर दान गर्ने घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ३० शुक्रबार १७:४४:००

शताब्दीपुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले मरणोपरान्त शरीर दान गर्ने घोषणा गरेका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा उनीहरूले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई शरीर दान गर्ने घोषणा गरेका हुन् । जोशीदम्पतीले शरीर दान गर्ने मञ्जुरीपत्रमा हस्ताक्षर गरेका छन् । 

उनीहरूले छोरा अनुराज जोशीसमेतको सहमतिमा हस्ताक्षर गरेका हुन् । शताब्दीपुरुष जोशीले लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताए ।

घोषणा कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले अनेकौँ इतिहास रच्न सफल जोशी सबैको गौरव, प्रेरणा र आदर्श रहेको बताए । महर्जनले ललितपुर महानगरपालिकाले राष्ट्रमा योगदान पु¥याउने राष्ट्रसेवकलाई सम्मान गर्दै आएको पनि बताए । शताब्दीपुरुष जोशीलाई पनि महानगरपालिकाले सम्मान गरेको उनले स्मरण गरे ।