मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ ३० शुक्रबार ०८:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशका मौलिक चाडपर्वहरूको संरक्षण र सम्बर्द्धन गर्नु सबैको दायित्व हो : सभामुख 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ ३० शुक्रबार ०८:२५:००

सभामुख अग्निप्रसाद सापकोटाले देशका मौलिक चाडपर्वहरूको संरक्षण र सम्बर्द्धन गर्नु सबैको साझा दायित्व भएको  बताएका छन् । 

शुक्रबार सभामुख सापकोटाले एक विज्ञप्ति जारी गरी तामाङ, शेर्पा, ह्योल्मोलगायतका नेपालका आदिवासी जनजातिहरूको मुख्य पर्व एवं नयाँ वर्ष, ‘२८५७औँ सोनाम ल्होछार’ र ‘२१४८औँ ग्याल्वो लोसार’को शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् । 

उनले विविधतायुक्त जातीय उपस्थिति रहेको नेपालमा सबैको आ–आफ्नै संस्कृति, परम्परा र रीतिरिवाज रहेको र मौलिकता बोकेका चाडपर्वहरले आफ्नै विशेषता र महत्व बोकेका भन्दै  यस्ता पर्वहरू विविधताभित्र देखिने मौलिकताका नमुना भएको उल्लेख गरे ।  

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालमा यसरी मनाइने चाडपर्वले नेपालीबीचको आपसी सहिष्णुता, भ्रातृत्व र सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धताको बढोत्तरी गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।