१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ ३० शुक्रबार ०७:५०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अंगुरमा छालाको क्यान्सर रोक्ने गुण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ ३० शुक्रबार ०७:५०:००

अहिले अंगुरको सिजन हो । बजारमा विभिन्न रंगका अंगुर पाइन्छन् । स्वास्थ्यका लागि अंगुर धेरै फाइदानजक रहेको अमेरिकाको अल्बामा विश्वविद्यालयका वैज्ञानिकहरूले बताएका छन् । विशेषत अंगुरले छाला खराब हुनबाट बचाउने वैज्ञानिकहरूको भनाइ छ । उनीहरूका अनुसार अंगुर सेवनले ‘सन स्क्रिन’ जस्तै काम गर्छ । हेरौँ अंगुरका अन्य विशेषता :

अल्बामा विश्वविद्यालयका वैज्ञानिकहरूले अंगुरमाथि गरेको अनुसन्धानत्मक रिपोर्टमा यसले सूर्यको अल्ट्रा भायलेट किरण छालाबाटभित्र प्रवेश गर्न रोक्ने उल्लेख गरेका छन् । यसकारण अंगुर सेवन स्वास्थ्य र छालाका लागि राम्रो हुने रिपोर्टमा भनिएको छ । अंगुरमा भएको पालिफनोल तत्वले छालाको रक्षा गर्छ । 

अनुसन्धान टोलीमा सहभागी एक रिसर्चर क्रेग एलिमेट्सले अंगुरलाई दैनिक खानाका रूपमा प्रयोग गर्नुपर्ने सुझाब दिएका छन् । अंगुरको नियमित सेवनले क्यान्सरजस्तो रोगको जोखिम पनि कम हुने उनको भनाइ छ । साथै यसले मुटुलाई पनि दरिलो बनाउँछ । 

अंगुरले श्वासप्रश्वास प्रक्रियालाई पनि सहज बनाउने अनुसन्धाता क्रेगले बताएका छन् । उनका अनुसार यसले मिर्गौलामाथि दबाब कम गर्न मद्दत गर्छ । कतिपय स्किन एलर्जी भएका व्यक्तिले अंगुर नियमित सेवन गर्दा यसबाट मुक्तिसमेत पाउने उल्लेख छ । 

युवा तथा वृद्धवृद्धाले बिहान र बेलुका मात्रा मिलाएर अंगुर सेवन गर्दा हड्डी बलियो बनाउँछ । यसका साथै आँखाको दृष्टि पनि तेजिलो बनाउँछ । 

यसरी भएको थियो अनुसन्धान
अंगुर मानव शरीरका लागि कति फाइदाजनक छ भन्ने तथ्यमाथि वैज्ञानिकहरूले लगातार १४ दिन रिसर्च गरेका थिए । अनुसन्धान दुई तरिकाबाट भएको थियो । पहिलो समूहमा अंगुर नखाने र दोस्रो समूहमा अंगुर खाने सहभागीलाई राखिएको थियो । १४ दिन अंगुर खाएका व्यक्तिमा सूर्यको अल्ट्रा भायलेट किरणले असर नगरेको देखियो । 

अंगुर सेवन गरेका व्यक्तिहरूको डिएनए र रगत परीक्षण भएको थियो । त्यसपछि अंगुर खाएका ती १४ व्यक्तिको शरीर पहिलाभन्दा पनि धेरै स्वस्थ्य र फिट देखियो ।

अनुसन्धानले यो पनि निश्कर्ष निकालेको छ कि लगभग ८० प्रतिशत छालाका क्यान्सर सूर्यको अल्ट्रा भायलेट किरणबाट हुने रहेछ । डाइटका रूपमा नियमित अंगुर सेवन गरे छालाको क्यान्सरको जोखिम नहुने वैज्ञानिकहरूको सुझाब छ । 

– एजेन्सीको सहयोगमा