१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २९ बिहीबार २०:२५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बादलपक्षीय खेलकुद महासंघले पायो पूर्णता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २९ बिहीबार २०:२५:००

गृहमन्त्री रामबहादुर थापा बादलपक्षीय अखिल नेपाल खेलकुद महासंघले पूर्णता पाएको छ । कालीबहादुर घर्तीमगरको संयोजकत्वमा यसअघि नै पुनर्गठन गरिएको महासंघको एक सय ५१ सदस्यीय केन्द्रीय कार्यसमितिले पूर्णता पाएको हो ।

संयोजक घर्तीमगर पूर्वमाओवादीनिकट अखिल नेपाल खेलकुद महासंघका महासचिव हुन् । नेकपा विभाजनमा गृहमन्त्री थापाले प्रचण्ड पक्षलाई छाडेसँगै खेलकुद महासंघ पनि पुनर्गठन भएको हो । 

गृहमन्त्री बादलले गत २८ पुसमा ललितपुरमा भएको बृहत् राष्ट्रिय भेलामार्फत घर्तीमगरको संयोजकत्वमा आफ्नो पक्षको खेलकुद महासंघ पुनर्गठन गरिएको घोषणा गरेका थिए ।

त्यसवेला संयोजकसहित ९९ केन्द्रीय सदस्यहरूको घोषणा गरिएको थियो । बुधबार भएको महासंघको केन्द्रीय समितिको दोस्रो बैठकले ५२ जना केन्द्रीय सदस्य थप गर्दै कार्यसमितिलाई पूर्णता दिएको हो । यस्तै, बैठकले केही समितिको गठनसँगै जिम्मेवारी पनि तोकेको छ ।

बैठकले नौ सदस्यीय कार्यालय टिम र ४५ सदस्यीय सचिवालय पनि गठन गरेको छ । कार्यालय टिममा संयोजक घर्तीमगरसहित ध्वजमान मोक्तान, घनश्याम भट्ट, गणेश कक्षपति, प्रनिर अधिकारी, राजीव महर्जन, विशाल लामा, वसन्त लामा र सुस्मिता गुरुङ रहेका छन् ।

यस्तै, बैठकले प्रदेश संयोजक र इन्चार्ज पनि तोकेको छ । प्रदेश १ मा चूडामणि खरेल इन्चार्ज र कमल अधिकारी संयोजक तोकिएका छन् । प्रदेश २ मा ध्वजमान इन्चार्ज र सन्दीपकुमार सिंह संयोजक, बागमती प्रदेशमा गणेश कक्षपति इन्चार्ज र वसन्त लामा संयोजक, गण्डकी प्रदेशमा तारामाया थापा इन्चार्ज र दिनेश रोकामगरले संयोजकको जिम्मेवारी पाएका छन् । 

सुदूरपश्चिम र कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी घनश्याम भट्टलाई दिइएको छ । सुदूरपश्चिमको संयोजकमा जगतसिंह धामी र कर्णालीको संयोजकमा धनञ्जय कठायत रहेका छन् । लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी प्रनिर अधिकारी र संयोजकको जिम्मेवारी सुवास परियारले पाएका छन् ।