मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २९ बिहीबार १५:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गिरफ्तारपछि रामकुमारी झाँक्रीले भनिन्– यो अन्तिम लडाइँ हो, आफ्नो ठाउँमा डटौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २९ बिहीबार १५:०८:००

राज्यविरुद्धको कसुरसम्बन्धी अनुसन्धानमा प्रहरीले गिरफ्तार गरेपछि नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले यो अन्तिम लडाइँ भएको बताएकी छिन् । 

प्रहरी नियन्त्रणमा रहेकी झाँक्रीले बिहीबार ट्विट गर्दै भनेकी छिन्, ‘राज्यविरुद्धका कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पुर्जी जारी गरी गिरफ्तार गरिएको छ । अपराध अनुसन्धान मीनभवनमा छु । सबै साथीहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाइँ हो । आफ्नो ठाउँमा डटौँ ।’