Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २९ बिहीबार ०८:३५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल–भारत व्यापार सहजीकरण र लगानी विस्तारमा जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २९ बिहीबार ०८:३५:००

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा राम्रो मुनाफा आर्जन गर्न सकिने बताउँदै लगानी विस्तार गर्न भारतसँग आग्रह गरेका छन् । परिसंघ र भारतीय दूतावासका प्रतिनिधिबीच बुधबार भएको छलफलमा उनले नेपालमा लगानी गरेर फाइदा उठाउन आग्रह गरेका हुन् ।

नेपालमा रहेका भारतीय लगानीका उद्योगहरूको राम्रो मुनाफा आर्जन गरिरहेको उदाहरण दिँदै अध्यक्ष मोरले भारतीय लगानीकर्तालाई नेपालमा सहजीकरण गर्न परिसंघ तयार रहेको आश्वत गराए । नेपाल र भारतबीच भएका कतिपय व्यापार सन्धिहरूले दुई देशबीचको व्यापारमा असहज भइरहेको सन्दर्भ उल्लेख गर्दै त्यसलाई सहज बनाउँदै जानुपर्ने धारणा परिसंघले राखेको छ ।

नेपालमा उत्पादन हुने वस्तुहरू भारत निर्यात गर्दा नन्टेरिफ बेरियरको समस्या रहेकाले त्यसलाई सहजीकरण गर्न परिसंघले प्रतिनिधिमण्डलसँग अनुरोध गरेको छ । अतिरिक्त ड्युटी र चार्ज भएकाले दुई देशबीचको व्यापारमा समस्या आएको बताउँदै यसलाई सहज गर्नुपर्ने तर्क परिसंघको छ ।

दूतावासका प्रथम सेक्रेटरी अभिषेक उपाध्यायले कुनै पनि उत्पादनको स्ट्यान्र्डमा दुवै देशबीचमा समस्या देखिने गरेकाले यसलाई सहजीकरण गर्न ध्यान दिने बताए । ‘यस्ता विषयमा नेपाल र भारतका गुणस्तर निर्धारण गर्ने निकायबीच पनि छलफल गरी समस्यालाई समाधान गर्नुपर्छ’ उनले भने, ‘नेपालमा भारतीय लगानी विस्तार गर्नका लागि दूतावासको तर्फबाट सम्बन्धित पक्षसँग परामर्श गरी परिसंघसँग आगामी दिनमा सहकार्य गरी अघि बढ्नेछौँ ।’ परिसंघले सरकारबाट सार्क मुलुकमा उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएको हुनाले निर्यात प्रवद्र्धनमा थप सहज हुने अपेक्षा छलफलमा सहभागीहरूले गरेका छन् ।