मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २८ बुधबार १५:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीलाई जनता र भविष्यभन्दा पशुपतिको मूर्तिसँग बढी विश्वास छ : झलनाथ खनाल (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २८ बुधबार १५:५०:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको आन्दोलनको आवाज नसुनिए ०६२/६२ को भन्दा ठूलो जनआन्दोलन हुने चेतावनी दिएका छन् । खनालले प्रधानमन्त्री केपी ओली र उनका मान्छेले अस्तिको कार्यक्रमलाई देखाएर कास्टिङ हो भन्नेलाई वास्तविक पार्टी कहाँ छ भनेर हेर्नका लागि प्रदर्शनीमार्गमा आउन चुनौती दिए ।

उनले निर्वाचन आयोगलाई कानुन, नियम, ऐन के मिलाउनुपर्ने हो मिलाउन, तर निर्णय सुनाउन ढिलो नगर्न आग्रह गरे । उनले ओलीले चुनाव गराएरै छोड्ने र दुईतिहाइ ल्याएरै छोड्ने भनेर दिएको अभिव्यक्तिमाथि भँगेराको कथा सुनाएर व्यंग्य गरे । ‘मिस्टर केपी ओली तपाईंको खुट्टी हेर्दै पत्यायौँ । अबको दुई वर्षपछि हुने चुनावमा तपाईंको जमानत जफत हुनेछ,’ उनले भने । 

उनले प्रचण्ड र माधवकुमार नेपाललाई फेरि प्रधानमन्त्री बनाउन नभएर गणतन्त्रको रक्षा र देशको स्थायित्वका लागि लडिरहेको बताए । उनले ५८ वर्ष लगाएर जनवादी क्रान्ति गरेको र अब समाजवादको बाटोमा हिँडेको बताए ।

उनले ओलीले कृषि र भूमि सुधारका क्षेत्रमा केही पनि काम नगरेकाले आफूहरू त्यसमा काम गर्न चाहिरहेको बताए । खनालले ००६ सालमा पुष्पलालले पार्टी स्थापना गर्दा भनेको जनवाद आइसकेकोले अब समाजवादको उकालो बाटो हिँड्न चाहेको बताए ।

यो आन्दोलन नेकपाको दुईवटा गुटको आन्दोलन नभएर प्रतिक्रान्तिका विरुद्ध सम्पूर्ण नेपाली जनताले गरेको आन्दोलन भएको उनको भनाइ थियो । उनले ५ पुसमा भएको प्रतिक्रान्तिका विरुद्ध, केपी ओली गुटका विरुद्धको आन्दोलन भएको बताए । 

उनले ओली राजनीतिक रूपमा प्ररास्त भइसकेको भन्दै पशुपतिमा गएर पूजा गर्ने ठाउँमा पुगेको बताए । ‘केपी ओलीलाई जनता र भविष्यसँग भन्दा पशुपतिनाथको मूर्तिसँग बढी विश्वास छ,’ उनले भने । उनले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई पनि संयुक्त आन्दोलनमा सहभागी हुन आग्रह गरे ।