मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २८ बुधबार १५:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडकमा आएका जनताको आवाज नसुनिए विद्रोह हुन्छ : जनार्दन शर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २८ बुधबार १५:१०:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले संघीयता र संविधानलाई पद र कुर्सीसँग साटेको बताएका छन् । उनले त्यसका विरुद्ध शान्तिपूर्ण आवाज ल्याएर सडकमा आएका जनताकाे आवाज नसुने विद्रोहमा उत्रिने बताएका हुन् । 

उनले त्यसले संघीयताविरोधीलाई समाप्त पार्ने दाबी गरे । संविधानमा लेखिएको अधिकार कानुन बनाउने क्रममा भाँचभुँच पारिएको उनको भनाइ थियो । उनले जनताको संकट समाधान गर्नुपर्नेमा ओम्नीहरूलाई अगाडि सारेर जनताको हक खोसिएको, अधिकारलाई कुण्ठित पारिएको बताए । 

उनले जनताका समस्या समाधान गर्न नयाँ कुलमान घिसिङहरू नियुक्त गर्नुपर्ने तथा गाउँगाउँमा शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्ने बताए । त्यसका लागि सक्षम नेतृत्व पनि चाहिने बताए ।