मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २८ बुधबार १४:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओली झुटलाई डेन्टिङपेन्टिङ गरेर सत्य बनाउन सक्ने तानाशाह हुन् :  रामचन्द्र झा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २८ बुधबार १४:४२:००

नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी ओली झुटलाई डेन्टिङपेन्टिङ गरेर सत्य बनाउन सक्ने तानाशाह भएको टिप्पणी गरेका छन् । ‘ओली ती तानाशाह हुन् जो झुटलाई डेन्टिङपेन्टिङ गरेर सत्य नै त्यही हो भन्ने बनाउन सक्छन्, त्यो हामीलाई पहिल्यैदेखि थाहा भएकै कुरा हो,’ नेता झाले भने । 

नेकपाको प्रचण्ड–माधव समूहले काठमाडौंमा गरेको विरोध सभामा बोल्दै नेता झाले ओलीको विकास भ्रष्टाचार गर्ने र  कमिसन खाने मात्रै भएको बताए । ‘मदन भण्डारीका नाममा ब्रह्मलुट मच्चाइएको छ, उहाँका भित्ता हेर्नुहोस्, उहाँका गाडीहरू हेर्नुहोस्, कहाँबाट प्रायोजित छन् ? यो कस्तो राष्ट्रवाद हो ?,’ झाले प्रश्न गरे ।