१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २७ मंगलबार १९:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ब्राउनसुगर कारोबारी गिरोहका नाइके समातिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २७ मंगलबार १९:१८:००

कञ्चनपुर प्रहरीले ब्राउनसुगरको कारोबारमा संलग्न गिरोहका एक नाइकेलाई पक्राउ गरेको छ । भारतीय नागरिक सुच्चा सिंहलाई २० ग्राम ८० मिलिग्राम ब्राउनसुगरसहित मंगलबार पक्राउ गरेको हो । 

इन्स्पेक्टर कमलकुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई कञ्चनपुरको बेलौरी नगरपालिका– ६ सुतियाबाट पक्राउ गरेको हो । उनी नेपालमा ब्राउनसुगर बिक्री गर्ने समूहका मुख्य व्यक्ति भएको कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदीले बताए । उनको समूहका अन्य व्यक्तिमाथि पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।