मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार १५:४०:००
Read Time : < 1 मिनेट
समाचार

चिनी उपभोक्तालाई मारमा नपार्न अर्थमन्त्रीकाे सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार १५:४०:००

अर्थमन्त्री डा. युवराज खतिवडाले उपभोक्तालाई मारमा पार्ने काम नगर्न चिनी उद्योगीहरुलाई सचेत गराएका छन् । 

राज्यबाट सेवा, सुविधा र अनुदान लिने अनि उपभोक्तालाई मार मार्ने काम चिनी उद्योगीहरुले गरिरहेको उनको आरोप छ । बुधबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा उनले उखु कृषकलाई प्रोत्साहित नगरे चिनीको उत्पादन कसरी बढाउन सकिन्छ ? भनि चिनी उद्योगीहरुलाई प्रश्न गरे । चिनी उद्योगीहरुले उखु कृषकहरुको वक्यौता रकम नदिएकोप्रति अर्थमन्त्री खतिवडाको आपत्ति छ ।

अर्थमन्त्री खतिवडाले स्वदेशी कृषि उद्योगको प्रोत्साहनका लागि सरकारले चिनी आयातमा प्रतिबन्ध गराउनु परेको बताए । उनले कृषिजन्य उत्पादनमा अनुदान सहायता बढाउन सरकारले केही बस्तुमा करको दर बढाउनु परेको बताए ।